नेपालगन्ज, ४ माघ
रास्वपा वरिष्ठ नेता बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरबाट दिन लागेको रासजनामा रोकेका छन् । यसअघि उनी निकटस्थहरूले राजीनामा दिने तयारी गरेको बताएपनि उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कारण पनि राजीनामा होल्ड गराएका बताइएको छ ।
राजिनामा नदिएपनि उनले रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताइएको छ । उक्त बैठकले रास्वपाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाउने जनाइएको छ । उक्त बैठकपछि सभापति रवि लामिछाने र बालेन जनकपुर जाने र त्यहाँबाट चुनावी अभियान सुरु गर्ने तयारी रास्वपाको छ ।
२०७९ सालको निर्वाचनमा काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि बालेन एकाएक राजनीतिक परिदृष्यमा स्थापित भएका थिए । जेन जी आन्दोलनपछि प्रतिनिधि सभाको निर्वाचन हुने मिति तोकिएपछि बालेनले रास्वपासँग सम्भौता गरी पार्टीमा प्रवेश गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्