नेपालगन्ज, ४ माघ
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजिनामा दिने भएका छन् । राजीनामा दिएर उनी रास्वपामा आबद्ध भई संसदीय राजनीतिको यात्रा सुरु गर्न लागेका हुन् । बालेन झापा क्षेत्र नम्बर ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलप्सँग चुनाव लड्न लागेका छन् ।
राजिनामा पश्चात बालेन आजै रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताइएको छ । उक्त बैठकले रास्वपाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाउने जनाइएको छ । उक्त बैठकपछि सभापति रवि लामिछाने र बालेन जनकपुर जाने र त्यहाँबाट चुनावी अभियान सुरु गर्ने तयारी रास्वपाको छ ।
२०७९ सालको निर्वाचनमा काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि बालेन एकाएक राजनीतिक परिदृष्यमा स्थापित भएका थिए । जेन जी आन्दोलनपछि प्रतिनिधि सभाको निर्वाचन हुने मिति तोकिएपछि बालेनले रास्वपासँग सम्भौता गरी पार्टीमा प्रवेश गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्