नेपालगञ्ज, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबाट राष्ट्रियसभामा उम्मेदवार बनेका लुम्बिनी प्रदेशका तीन जनाले बाँके र बर्दिया जिल्लाका मतदातासँग आज भेटवार्ता गरेका छन् । एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका चन्द्रबहादुर केसी र वासुदेव जङ्गली नेपालगञ्ज आएर बाँके र बर्दियाका जनप्रतिनिधिसँग भेटवार्ता गरेका एमाले, बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा यी दुई पार्टीबाट तीन जनाको उम्मेदवारी पर्दा जसपा नेपालसहितको गठबन्धन बनेको छ । जिल्लास्थित कांग्रेसका कार्यवाहक सभापति गोपाल अधिकारी, एमालेका अध्यक्ष गुरुङ र जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दिन राईले गठबन्धनलाई विजयी गराउन आग्रह गरे । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी ३०४ जना मतदाता छन् । राष्ट्रियसभाको निर्वाचन यही माघ ११ गते हुँदैछ ।
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्