जुम्लामा नेकपाले बनायो नरेश भण्डारीलाई उम्मेदवार



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले जुम्ला–१ बाट नरेश भण्डारीलाई उम्मेदवार चयन गरेको छ ।
भण्डारीले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीले उम्मेदवार चयन गरेको जानकारी गराएका छन् । जिल्ला पार्टीले भण्डारीलाई एकल सिफारिस गरेको थियो । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट हस्तान्तरण गरेका हुन् ।

भण्डारी २०६४ सालमा जुम्लाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा उनी कर्णाली प्रदेशसभा सदस्य बनेका थिए । त्यसपछि कर्णाली प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी उनले सम्हालेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार