नवराज भट्ट
उता बिदेश पुगेको मणिरामलाई सोध्छिन् मनमाया र्। सञ्चै हुनुहुन्छ नि ?हजुर !र्’ अँ…! म ठिकै छु ! अनि तिम्रो के छ ? बालबच्चा को के छ ? ’ उताबाट मणिराम पनि आफू ठिक रहेको खबर बताउँदै घरको खबर बुझ्न चाहन्छ र्। यताको पनि सबै ठिक छ चिन्ता नलिनु बरु आफ्नो ख्याल राख्नु । ’ श्रीमानलाई फोनबाट विश्वस्त पार्छिन् मनमाया ! “सुरु सुरुमा आफ्नो घर परिवार र गाउँ सम्झेर नरमाइलो लाग्थ्यो । आजकल उतैका धेरै साथीभाइ भेट हुन थालेपछि रमाइलो लाग्दैछ ! हुन्छ यताको पीर चिन्ता नलिनु वाल बच्चाको ख्याल गर्नु !” विदेश पुगेको मणिराम पनि मनमायालाई बिश्वस्त पार्ने कोशिसमा हुन्छ । यसरी बेलाबखत मनमाया र मणिराम बिच फोन सम्बादहरु हँदै जान्छन् । समय एउटा चक्र हो त्यो चलिनै रहन्छ । सन्चो बिसन्चो , गाह्रो अप्ठ्यारो र छोराछोरीको लेखन पाठनको उतिकै ख्यालचिन्ता लिइरहेकोे हुन्छ मणिरामले । महिना मर्ने बित्तिकै बृखे साहुको ऋण घटाउन पैसा भने पठाइनै रहेको हुन्छ उसले । उसले पठाएको त्यही पैसाले घर व्यवहार चलाउँदै बृखे साहुकोे ऋण घटाउँदै जान्छिन् मनमाया पनि । श्रीमती मनमायाको रहर, इच्छा अनि छोरी पुष्पा र छोरा सुमनको उन्नत भविष्य आफ्नै कर्म र परिश्रममा निर्भर रहेको कुरा राम्ररी थाहा थियो उसलाई । त्यही विवसताले यसरी भौँतारिनु परेको यथार्थता भित्र आफूलाई नै भुलेको थियो उसले ।
मनमाया सँग बिताएका प्रत्येक पलहरू , उनको न्यानो हत्केलाको सिरानी ,स्नेहपूर्ण अँगालो , एउटा दरिलो विश्वास , मिठामिठा बातहरू सँगै सजाएका सपनाका सुन्दर दरबारहरू , हाँसीखुसी सँगै बिताउने जिन्दगीका रहरहरू जवानीले ओजेल नहाल्दै यसरी विदेशिनु पर्ने अवस्था आएपर्छि मटुमाथी ढुँगा राखी हाँस्नु प¥याछ ’ भनेझैँ अनेकन बाध्यता सहनु परेको थियो उसले । त्यस्तै बिहे हुँदा डाँडाको भगबती मन्दिरमा अग्नि साक्षी राखेर खाएको बाचाकसम र जुनीभरि कहीँ कतै नछुट्टिने प्रतिबद्दता सँझिएर बेलाबेलामा मुर्छित हुन्थिन् मनमाया पनि । यस्तै घनचक्करमा कहिले अतितका मिठा कुरा र कहिले बर्तमानका बेथा बाध्यताका कुराहरु गर्ने गर्थे फोन सँबादमा उनीहरु । यसरी दिनहरु बित्दै जान्छन् । समय फोन मोवाइल र चिठ्ठी चपेटाको थियो । सधँैझैँ फोन आइरहने आफ्नो श्रीमान् मणिरामको एकाएक फोन आउन छोड्छ र चिठ्ठीपत्रहरु पनि हराउँछन् । मनमाया पीरचिन्तामा डुबेर सोचमग्न हुन्छिन् । यताबाट एकोहोरो फोन गर्छिन् मोवाइलले सम्पर्क हुननसकेको सँकेत गर्छ र्। उफ्…..! अब के गर्ने होला ?’ मनमाया भित्रभित्रै मडारिन्छिन् । मन भित्र भक्कानो चलिरहेको बेला भोलिपल्ट बिहानै बृखे साहुलाई अचानक घरमा देखेर एउटा अभिभावक भेटेझैँ बिश्वस्त हुन खोज्छिन् र मनमनै मणिरामले बिदेश जानेबेला लिएको भाका नाघ्दा समेत चुक्ता हुन नसकेको उसको साँहुव्याज सहितको ऋणको हिसाब सम्झिएर दुःखी पनि हुन्छिन् ।
बृखे साहु कुर्सीमा बसेर मणिरामको हालखबर सोध्न थाल्छ । मनमाया एउटा अभिभावक भेटेझैँ गरी सबै कुरा बेलिबिस्तार लगाउँछिन् । हुन पनि उसले मणिराम बिदेश जाने बेला एउटा अभिभावकै व्यबहार देखाएको थियो । मनमायाको कुरा सुनेपछि बृखे साहु नमिठो मानेर मुख खुम्च्याउँछ ! खुइलिएको तालु सुमसुम्याउन पुग्छ र्। लाग्छ उसको हाउभाउले उसलाई पनि चिन्ता प्रकट भएको छ । ’ निकैबेर गमेर बृखे साहुको मुखबाट एउटा शब्द भैँमा झर्छ र्! अब केरी टिर्छौ ट पैसा ?’बृखे साहुले ऋण कोट्याएपछि झन् मर्माहित हुन्छिन् उनी । र् खै हजुर, उहाँ सँग फोन सम्पर्क नभाको पनि धेरै भइसक्यो ! कतै बिमारी पो पर्नु भो कि ? साह्रै पीर लाइराछ !’ निकैबेरमा बौरिएझैँ गरी बृखे साहुसँग मनको भारी बिसाउँछिन् उनी । “टिम्रो पनि समस्या बुझेँ टेसो भए एउटा उपाय बटाउँछु टिम्लाई पनि सजिलो मलाइ पनि सजिलो ! टेस्टो अप्ठ्यारो केही काम छैन पसल हेर्ने, घर कडेसा सफा गर्ने हो कि टेसरी घटाउँछौ त साहुँ व्याज ? ” बृखे साहुले कामको प्रस्ताव गरेर ऋण घटाउने विकल्प तेस्र्याएपर्छि यसरी खालि समय यसै बस्नु भन्दा बरु त्यो पनि ठिकै हो !’ केहीबेर मनमनै सोचेर हुन्छ भन्ने भावमा टाउको हल्लाउँदै भोलिदेखि काममा आउने कुरामा सहमति जनाउँछिन् मनमाया । बिहानै घरधन्दा सकेर बृखे साहुको काममा हिड्छिन् ! बुढाबुढी मात्र भएको बृखे साहुको छोराछोरीहरू कोही छैनन् । सन्तान हुने धेरै औषधि गरेका थिए उनीहरुका दम्पतीले तर केही उपाय लागेको थिएन । अहिले उमेरले पचास नाघिसकेको छ बृखे साहुले । यसरी बृखे साहुको घरमा कहिले पसल हेर्ने ,कहिले घर कुँडार सफा गर्दै दैनिक मजदुरी गरेर जिनतिन घर चलाउँदै ऋणको व्याज घटाउँदै जान्छिन् मनमाया । रात दिनको घरधन्दा , बृखे साहुको घरको काम र श्रीमान मणिरामको यादले कयौँ रात निद्रा पनि पर्दैन उनीलाई ।
पिरै पीरमा मडारिँदा मडारिँदै रातमा कताकता सपनीमा मणिरामलाई देख्छिन् मनमाया र्! एकान्तमा भौँतारिएर कताकर्ता मन.’..! भनेर बोलाएझैँ लाग्छ उनीलाई ।’ सपनी मै दौडेर भेट्न खोज्छिन् र बोलाउँछिन् र्! हे नाथ यो घोर जङगलमा एक्लै कहाँ हिँडिरहनु भएको छ ? यो एकान्त अँध्यारो गुफा भित्र के गर्दै हुनुहुन्छ ? ’सपनीमा कताकता देखेको श्रीमानलाई निद्रामै पुकार्छिन् र झल्याँस्स ब्युँझिन्छिन् । निद्रामै बर्बराएको देखेर छोरी पुष्पाले घच्घच्याएपछि ब्युँझेकी हुन्छिन् उनी । छोरी पुष्पा सँग विपना जस्तै लागेको सपनाको कुरा झिकिन् उनले । आमाको कुरा सुनेर पुष्पाले ढुक्कसाथ भनिन् र्! मलाई विश्वास छ हाम्रो बाबा चाँडै नै घर आउनु हुनेछ !’ भनिन्छ बच्चा बच्चिको भनाई प्राय ः लाग्छरे ! छोरी पुष्पाको कुरा सुनेर एउटा आसाको त्यान्द्रो समातेर मनमाया पुन ःनिदाउने चेष्टा गर्छिन् । लाउँलाउँ र खाउँखाउँको उमेरमा धन कमाउन घरबाट हिँडेको श्रीमान््को बेखबरले उराठिन्छिन् मनमाया ! दिन पनि रात जस्तै उराठ र उदास लाग्दै जानथाल्छ आउने प्रत्यक दिनहरु सँगै आफ्नै जिन्दगी उनीलाई र्। गाउँका कति युवाहरू विदेश गएकाछन् सबैको राम्रै सुन्छु । उनीहरूका श्रीमतीहरुले राम्रै लाकोखाको देख्छु आफ्नो भने फुटेको कर्म …….!’ विरक्त भावमा कुनैबेला आफ्नै भाग्यलाई खोट लगाउन पुग्छिन् मनमाया ।
घर अगाडि हिँडिरहेका मान्छेहरु सोध्छन् ! “मणिको के छ खवर बहिनी ? खै के भनौँ हजुर केही पत्तो खबर लाग्या छैन ! ”मनमायाको जवाफ सुनेर टोलका मान्छेहरु पनि मुख नमिठो बनाउँछन् । त्यसैगरी मान्छेहरूका ती प्रश्नहरूले पनि झन् थप पीडा दिएझैँ लाग्छ उनीलाई र्। मनको घाउ कोट्याइरन नपरेपनि यतिसारो च¥याउँथिएन होला ! बरु कसैले केही नसोधि दिउन् ! ’मान्छेहरुका सोधाई र दिइरहनु परेको जवाफले पनि आजित भइसकेकी थिइन् उनी । एकदिन बृखे साहुको कामबाट फर्किँदै गर्दा बाटोमा एक अर्धबैँसे पुरुष सँग भेट हुन्छ मनमायाको र्। आराम हुनुहुन्छ भाउजु ?’ यसरी नचिनेको पर पुरुषले भाउजु भनेर सम्बोधन गरेको देखेर अकमक्किँदै जवाफ दिन्छिन् र्! ठीकै छ दाइ !’ भित्रभित्रै असजिलो मानेर । “मलाई चिन्नु भएन र भाउजू म स्याउली बजारको मान बहादुर ! मणिको अझै खबर आएन है ?” सँगै हिँड्ने क्रममा उसले मणिको बारेमा सबथोेक थाहा भएझैँ कुरा झिकेको देखेर मनमाया अलमलिँदै भन्छिन् र्! खै…मैले त हजुरलाई चिनिननी ! ’ “मणि र म सँगै स्कुल पढेको ! अप्ठ्यारो मान्नु पर्दैन भाउजू गाह्रो साँगुरो पर्दा भन्नु भए हुन्छ परेको सहयोग गरिहाल्छु ! ”अपरिचित एक पुरुषले यतिबिधि ख्याल राखेको देखेर मनमाया सँकोचमा पर्छिन् । बाटो सकिन्छ मनमाया घर पुग्छिन् मान बहादुरको बाटो फाटिन्छ । मनमाया घर पुगेको केहीबेरमा मैनापोखरबाट एक महिला उनको घर पुग्छिन् ।
नाताले मनमायाको फुपु पर्ने रहिछिन् तिनी ! घरमा एक्कासि सुन्तली फुपुलाई देखेर खुसी हुन्छिन् ्मनमाया । मनमाया चिया खाजा बनाउँछिन् । चिया खाजा खाने क्रममा केहीबेर गफगाफ चल्छ उनी दुइको । कुराको सिलसिलामा सुन्तली फुपु भन्छिन् “लोग्ने मान्छेको भर हुँदैन नानी त्यसमाथि विदेश गएकाहरुको के विश्वास ! झन् खोज खबर केही नहुनेको केथा ! उतै अर्को बिहे पो गरेकाछन् की ? मैले भनेको मान्नु हुन्छ भने अर्को सुर गर्नु नानी ! जिन्दगी लामो छ त्यसरी आफूलाई कतिदिन बिताउनु हुन्छ एक्लै ?”फुपुको कुरा सुनेर एकोहोरो हुँदै नाजवाफ हुन्छिन् मनमाया । छोटोमा अलि घुर्मैलो कुरा गरेर साँझ प¥यो भन्दै सुन्तली फुपु घर हिँड्न तम्सिन्छिन् र्। आजको रात यतै बसौँ न फुप ! ’ मनमाया अनुरोध गर्छिन् र्। अर्को दिन बस्नेगरी आउँला नानी !’ छोटोमा जवाफ दिँदै लम्किरहेको सुन्तली फुफुलाई हेरेर एकाएक चुल्होमा पुग्छिन् मनमाया । बेलुका कामबाट फर्कने क्रममा प्रायः सधँै स्याउली बजारमा मान बहादुर सँग भेट हुनेगर्छ उनको । घर पुग्दासम्म केही न केही कुराको बहाना निकालेर बाटोभरि आफू सँग कुम ठेलेर हिँड्न खोज्दा उनलाई राम्रो लागिरहेको हुँदैन तथापी केही भन्न पनि सकिरहेकी हुन्नन् उनी । मनहरु उथल पुथल भइरहेको हुन्छ । “हैन किन पछ्याउँछ हँ ऊ मलाई ? के म एक्ली देखेर त हैन ? मान्छेहरु पनि खै मान्छेको असजिलोपनको फाइदा हेर्छन् की के हो ? हुन त यो दुनियाँ नै स्वार्थी छ । अरुको असजिलो, अफ्ठ्यारोको उसलाई के परवाह ! बस् !
कसैको अफ्ठ्यारो कसैको अवसर अचम्म छ दुनियाँ । ” यसरी बिछिप्त मन बोकेर घर पुगेपछि मात्र रोकिन्छन् मनमायाका पैतालाहरु ।
मान्छेहरू बिहान देखि बेलुकासम्म आफ्नो कामधन्दामा हिँड्दा कुध्दा दिनभर प्रायः सोच्ने फुर्सद नै हुँदैन । कोही काम भुलेका हुन्छन् कोही कामको खोजीमा भुलेका हुन्छन् आफ्नो सुख दुःख सम्झने र व्यक्त गर्ने भनेको प्रायः साँझकोे समय नै हो मान्छेहरुको । वास्तवमा भन्ने हो भने देखे सुनेका र भोगेका विषय वस्तुहरुले घचघच्याइरहेका हुन्छन् मान्छेका मानसपटलहरु । कोही कसैलाई पनि घचघच्याइरहेको हुन्छ दिनभरको काम , थकान र तनावपुर्ण अवस्थाले ।’ सायद जिन्दगीको सारभूत नै यही हो । मनमाया यही अवस्थामा रुमलिरहेकी छिन् अचेल ।
फुङ्ङ उँडेको अनुहार सँगै पीडाले थिलथिलिएको बिछिप्त मन बोकेर मणिको याद र यथार्थताको डोरीले बाटेको पिङ मच्चाइरहेकी हुन्छिन् मनमाया । अझसम्म पनि बेखबर रहेको ऊ , यत्रा दिन काम गर्दा पनि चुक्ता हुन नसकेको बृखे साहुको साहुँ व्याज , सुन्तली फुपुको भनाई , अनि बाटाभरि पछ्याइरहने मान बहादुर र पोइल हिँडेकी सीतापुरकी जुनेलीको खबरले एउटा नदिको छालले किनारालाई धक्का दिइरहेझैँ रेटिरेहेको हुन्छ उनको छातीमा । मणिको कामनामा भोलिपल्ट बिहानै भगबती मन्दिर पुग्छिन् र पूजा प्रार्थना गर्छिन् । मणि सँग सिउँदोमा सिन्दुर हालेर विवाह गरेपछि यो दोस्रो पटक हो त्यस मन्दिरमा पुगेकी मनमाया ! “माता जे छ हजुरले देखिरहनु भ को छ हजुरको आस्था , विश्वास र महिमा धेरै टाढासम्म फैलिएको छ । त्यही आस्था र विश्वासमा मैले आफ्नो नयाँ जिन्दगीको सुरुवात हजुरको समीपमा आएर गरेकी हुँ।
यस यज्ञ स्थलको अग्नि र जलिरहेको दियोलाई साक्षी बनाएर आफ्नो नयाँ जिन्दगीको सुरुवात गरेकी हुँ । आज कोही भएर पनि कोही नभएभैmँ भएकी छु । यहाँबाट सम्बन्धको नाता गाँसेर साथमा सहारा लिएर हिँडेको एउटा मान्छेको खबर हराएको छ । एउटा भरोसा थियोे तर आज भरोसा विहीन बेसहाराझैँ भएकी छु । के सही के गलत केही बुझ्न सकिरहेकी छैन । म यो दलदलमा परेको छु माता ! मेरो सहाराको एउटा मार्ग मात्र हजुर हुनुहुन्छ ।” यसरी गह्रुँगो भारीले थिचेको मन भित्र एउटा आसा र भरोसाको ज्योती बालेर डाँडाको भगबती मन्दिरमा प्रार्थना गर्न पुग्छिन् मनमाया । मन्दिरबाट फर्किएर बृखे साहुको काममा पुगेकी मनमायालाई त्यसदिन काममा खासै जाँगर चलेको हुँदैन । बृखे साहु दाह्री जुँगा खौरेर खुइलिएको टाउकाको बाँकी कपाल रङयाएर बसेको हुन्छ । अघिपछि भन्दा बृखे साहुको ठाँठबाँठ छुट्टै देखिएको छ आज । मनमाया जाँगर लागि नलागि काम गरिरहेकी हुन्छिन् । बृखे साहुले आफ्नो कोठामा मनमायालाई बोलाउँछ । डराई डराई उसको कोठा भित्र जान्छिन् र्। बृखे साहुले ऋणको हिसाब किताब गर्ने हुन् कि भन्ने डर थियो उनीलाई !’ हेर मनमाया टिमी पनि एक्ली छौ टिम्रो पोइको अट्टोपटो छैन टिम्रो पोइले लगेको ऋणको बडलामा मलाई पनि यसरी टिम्लाई काममा लगाउन पतक्कै मन मानिराको हैन । ’ बृखे साहुले तोते बोलीमा पातिएझैँ गरी मुुसुमुसु हाँस्दै गजमजिएर कुरा शुरु गर्छ र्। आज एउटा सल्लाह गर्नु छ टिमीसँग ।’ उनको कुरा सुन्न मनमायाको कान सोझिन्छन् । बृखे साहु कुरा तन्काउदै र बटार्दै जान्छ मनमाया रातोपिरो हुँदै जान्छिन् । उसको कुरा सुन्दै जाँदा उठूँ कि बसूँ हुनथाल्छ मनमायालाई ।
कुराको निष्कर्षमा आएझैँ गरेर “ल भन मनमाया निर्णय टिम्रो हाटमा छ । टिम्रो पोइ हराको मेरो सन्टान नभाको , टिम्लाई यो घरको कामडार हैन मालिक्नी बनाउँछु म । ढेरै सोच्ने कुरो छैन ! चाडँै निढो गर ! ”बृखे साहु कुराको निष्कर्षमा पुगेझैँ गरेर मनमायाको जवाफ कुरेझैँ गर्छ तर आफूले अभिभावक मान्दै आएको बृखे साहुको मुखबाट यस्तो कुरा सुन्नु पर्दा के बोलौँ के बोलौँ हुन्छ उनलाई । बोल्दा बोल्दै बृखे साहु बाघले झम्टिएझैँ मनमायाको हात समाउन पुग्छ । बृखे साहुको हात फुत्काएर मनमाया कोठाबाट निस्किन्छिन् । राती निद्रा नपरेर ओछ्यानमा पल्टिरहेकी हुन्छिन् मनमाया ! मोबाइलको रिङटोन बज्छ र्, टनिनी ….टिनिनी ! ’अपरिचित नम्बर देखेर सुरुमा उठाइनन् उनले । धेरै पटक मोवाइल बज्न थालेपछि फोन उठाउँछिन् र्। खै आज त भेटिनु भएन नी ? बाटामा … ..! ’ एकै पटक यस्तो आवाज आउँछ उताबाट । उसको कुरा लम्बिन थाल्छ । “पोहोर साल बुद्धि भुट्टेर मेरो पनि बुढी हिँडि म नि एक्लै छु तपार्ईँ पनि के एक्लै बस्नु हुन्छ ? हामी दुवैको पीडा एउटै हो आउनोस् हामी दुई मिलेर नयाँ जीवनको बाटो कोरौँ । ”फोन गर्ने मान्छे मान बहादुर रहेछ भन्ने कुरो उसको आवाजले चिनेपछि जवाफै नदिई बिचैमा फोन काटिन् मनमायाले । मनमाया रुनु न हाँस्नुको अवस्थामा पुगिन् । सिरकले मुख ढाकेर डाँको छोडेर रुन थालिन् । अनि सम्झिन थालिन् बृखे साहुले राखेको प्रस्ताव ,मानबहादुरले गरेको पिछा अनि सुन्तली फुपुको सुझाव ! उनीहरुको त्यो व्यवहार र आफूले भोग्नु परेको यो परिस्थिति र्! न ढुङ्गा भएर कठोर हुन सकिन् न माटो भएर गल्न नै !’ हार्न र जित्न नसकेको युद्ध मैदानको एउटा यौद्धाझैँ भइन् उनी ।
नदीले सधँै टक्कराइरहँदा ढुङ्गा पनि खिइन्छ भन्छन् मान्छेको मन न हो ! ’यस्तै उतार चढाव सँग लड्दा लड्दै आँखा अगाडी श्रीमान्् मणिराम, छोरी पुष्पा र छोरा सुमनको अनुहार ऐनामा हेरेझैँ आफ्नै आँखामा देख्न थाल्छिन् । जब आँखामा श्रीमान माणि र सन्तानको तस्बिर नाच्न थाल्छ यो अन्यौलताको भुमरीबाट जुरुक्क उठेर एउटा सम्बन्ध भित्र विश्वास र कर्तब्यलाई अङकमाल गर्दै बर्बराउन थाल्छिन् मनमाया ! “यति सुन्दर घरपरिवार अनि आफ्नो सन्तानको लागि मनभरी सपनाको महल सजाएर समुद्रपारी गएको आफ्नो श्रीमान््लाई के म चटक्क माया मारुँ ? जससँग भगबती मन्दिरमा अग्निसाक्षी राखेर एउटा सम्बन्धको छहारी निर्माण गरेका थियौँ तर आज परिस्थिति अलि फरक भो भन्दैमा के म विश्वासघात गरुँ ? रामचन्द्र वनबास जाँदा सिताले भोगेको कष्ट र रावणले हरेर लाँदा पनि उनले देखाएको पतिभक्ति जो हाम्रो आदर्स हो । हाम्रो धर्म हो । कसैले भन्दैमा म त्यो चटक्कै लत्याउँ ? कदापि यो हुन सक्दैन । ” एउटी असल श्रीमती र असल आमाको कर्तव्य र जिम्मेवारीको बोधले पिल्लरझैँ खडा भएर एकाएक जुर्मुराउँछिन्् उनी । एउटा आसा ,विश्वास र मायाले भरिएको रत्न हो मान्छेको मन । वास्तवमा भन्नु पर्दा एउटा असल श्रीमतीमा हुनुपर्ने गुण अन्तत ः मनमायाले देखाइन् । एउटी असल श्रीमती र असल आमाको कर्तव्य पनि त्यही थियो आखिर ।
भोलिपल्ट बिहान हुन्छ मोबाइलको रिङटोन बच्छ टिङ टिङ …….! मणिको फोन रहेछ ।
हेलो हेलो…… ! मनमायाले हतारिएर फोन उठाइन् । चेहराको हाउभाउहरु फरक हुँदै गए । एकाएक बरर आँसु झारिन् र्। खुसीको !’ केहिबेर पछि सम्हालिएर मुहारमा चमक ल्याइन् । कुरा लम्ब्याउन खोजिन् र्। म भोलि नेपाल फर्कँदै छु ।’ छोटोमा कुरा कुरा सकेर उताबाट मणिले फोन राखेपछि मनमायाले पनि फोन राखिन् । आफ्नो श्रीमान्् मणिराम विदेशबाट फर्कने अघिल्लो दिन स्याउली बजारबाट नाइट गाडी चढेर काठमाडाँै पुगिन् मनमाया । जहाज भर्खर ल्यान्ड भएको रहेछ । केही छिनको पर्खाईपछि एयरपोर्टबाट केही थान सुटकेस लिएर आँउदै गरेको मणिरामलाई देख्छिन् । आज सम्म मनभित्र चलेको हुरी बिस्तारै मन्द भएझैँ हुन्छ । हर्षका आँसु बरर… झर्छन् । केहीबेर पछि काठमाडौँ एयरपोर्टबाट जहाज चढेर नेपालगन्ज पुग्छन् उनीहरु दुबैजना । कयौं दिन पछि भेटहुँदाको त्यो क्षेणमा मन शान्त भएपनि हुरी बतास भने चल्न छोडेको हुँदैन उनको मनमा । गहन र गहकिला बातहरु शायद हुन बाँकी नै छन् समान्य बोलिचालीमा कटिरहेकाछन् बाटाहरु । ट्याक्सी हुइँकिएर मानखोलाको पुल तरेर घर अगाडि रोकिन्छ । पुष्पा र सुमन बाबा मम्मीलाई एकसाथ देखेर अत्यन्त खुसी हुन्छन् । औँसीको रातमा पनि घरमाथि टहटह पूर्णिमाको जुन चम्किएझैँ हुन्छ त्यसैगरी मनमायालाई । घरको भित्ताबाट एउटा तस्बिर झिकेर आफ्नो श्रीमानले भावविह््ल हुँदै केहीबेर छातीमा टाँसेर आलिँगन गरेको दृष्य नियालिरहेकी हुन्छिन् मनमाया । पहिले भन्दा खासै फरक नदेखिएको आफ्नो श्रीमानको जिउडाल यतिका दिन कहाँ थिए ? के गर्दै थिए ? र किन सम्पर्क बिहिन भएका थिए ? मन भित्र कैयन हुरी चलिरहेको थियो उनको । छोराछोरीहरु खुसीमा झुमेका छन् तर पनि उनी दुइजना एक प्रकारको मौनतामा रहेका हुन्छन् ।
मनमायालाई लाग्छ श्रीमान आफैले ति कुराहरु खोलुन् ! र मणिलाई पनि लागेको थियो उनीले नै यी सबै कुराहरु सोधुन् । ’धेरैबेर रहेको त्यो मौनता भङ्ग गर्दै मनमायाले मन भित्र मडारिएको आँधिहुरी सुस्तरी मुखबाट बाहिर निकालिन् र्। यतिका दिन कसरी बेखबर हुनु भो हजुर ? किन माया मार्नु भो एकाएक ? मलाई बिर्सिए पनि यी छोराछारीको याद आएन हजुरलाई ?’ यतिका दिन भोग्नु परेको पीडा र मनमा चलेको हुरी थाम्न सकिनन् र यो अबस्थामा सामान्य रुपमा जो कोहीले गर्ने प्रश्नझैँ उनले पनि त्यसरी नै प्रश्न तेस्र्याइन् । मनमायाको यो प्रश्नले तातो झिरले छाती छेडेझैँ हुन्छ मणिरामलाई । “उनले यो प्रश्न बुझेर गरिन् या नबुझेर ? जहाँ सम्म लाग्छ म र मेरो अवस्था अनि विवसता मैले नदेखाए सम्म यो प्रश्नको सहि जवाफ निस्कन सक्दैन । ” मणिराम एउटा निष्कर्षमा पुग्छ । र सिनेमाको पर्दामा देखाइएका दृष्यझैँ सुनाउन थाल्छ ऊ आफ्नो राम काहानी र्। कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परेर होसमा नभएपछि कहाँ थिएँ कुन अवस्थामा थिएँ भन्ने कुरा नै थाहा नभएको र लामो समयपछि होस्मा आउँदा आफूले आफैलाई चिन्न नसकेको त्यो दर्दनाक अवस्था एकएक गरेर बताउदैँ जान्छ ऊ ।’ दर्द र पीडाले भरिएको उसको प्रत्येक शब्दले एउटा शिकारीको वाणले घायल भएको मृगझैँ मनमाया घायल हुँदै जान्छिन् । किन ? कसरी ?’ प्रश्न गर्न सक्दिनन् अब उनी । मणिले बिस्तारै आफूले भोगेको दर्दनाक अबस्था बताउँदै शरिरमा लगाएको कपडा फेर्नेक्रममा सटको टाँक खोल्दै जान्छ । उसको छाती र शरिरमा घाउचोटका ठूलाठूला खतहरु देखेर एक्कासी कहालिएर चिच्याइन् मनमाया र्! आम्मा………..! केभा को यो ?’ सपना हो कि विपना ? एउटा सिनेमाको घटनाझैँ केही ठम्याउन सक्दिनन् उनी । मणिराम क्रमैसँग पाइन्ट पनि फुकाल्दै जान्छ र्। र आफ्नो हातमा समाउँछ दुर्घटनापछि काटिएको असली खुट्टाको ठाउँमा जोडिएको नक्कली खुट्टा । ’ उनको यो अबस्था र दृष्यले निशब्द भइसकेकी हुन्छिन् मनमाया । यतिका दिन मन भित्र मडारिएको हुरी एकाएक बन्द हुन्छ । त्यसपछि भन्ने ,सुन्ने र सोच्ने कुराहरु केही बाँकी रहन्नन् उनको । रोएर थाकिसकेका हुन्छन् उनका आँखाहरु ! निला निला भइसकेका हुन्छन् आँखाका डिलहरु पनि । मौन हुन्छ वातावरण । त्यो सुनसान वातावरणमा बाहिर ककुर भुकेको बेजोडको आवाज बाहेक केही सुनिन्न । भ्वाँ.. भ्वाँ… ! मनमाया बिस्तारै उठेर ढोकाको चुक्कुल लगाउँछिन् र बिस्तारा मिलाउँछिन् ।









प्रतिक्रिया दिनुहोस्