
नेपालगन्ज ।
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले राष्ट्रियता र लोकतन्त्रका विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । २५ वर्षमूनिका विद्यार्थीहरूले भाग लिन पाउने प्रतियोगिता माघ २९ गते कोहलपुरमा आयोजना गरिने अनेरास्ववियु बाँकेले नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकले प्रतियोगिताले बाँके जिल्लाका युवा विद्यार्थीहरूमा राष्ट्रिय चेतना र लोकतान्त्रिक मूल्यहरूको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । इच्छुक विद्यार्थीहरूले माघ २५ गते दिउँसो ४ बजेभित्र नाम दर्ता गरिसक्नुपर्ने पनि विकले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूलाई ६ मिनेटको समय तोकिएको छ । प्रतियोगितामा प्रथम हुने विद्यार्थीले १० हजार नगद पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिइएको छ भने द्वितीय हुनेले ६ हजार, तृतिय हुनेले पाँच हजार, चौथो हुनेले चार हजार पुरस्कार पाउने छन् । यसैगरी पाँचौले तीन हजार, छैठौँले दुई हजार पाँच सय र सातौँले दुई हजार रूपैयाँ पुरस्कार पाउने छन् ।









प्रतिक्रिया दिनुहोस्