दाङ: एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् । दाङ प्रेस चौतारीले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार भेटमा उनले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताए ।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भने,‘प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।’
लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको बताए । उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । साथै उनले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने बताए ।
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्