तीन नेपाली फिल्म एकसाथ रिलिज हुँदै



काठमाडौँ ।

आजदेखि एकसाथ तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ एकापसमा भिड्नेगरी प्रदर्शनमा आएका हुन् ।

नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा रहँदै आएको छ । तर आज माघे सङ्क्रान्ति भएकाले बिहीबार नै यी सबै फिल्म प्रदर्शनमा आएको बताइएको छ ।

यी तीन फिल्मले हलमा शो भने फरक फरक पाएका छन् । ‘गोबर गणेश’मा सामाजिक विषयवस्तु,‘मिरमिरे’मा पारिवारिक भावना  र ‘भाइरल गोर्खे’ मा समसामयिक विकृतिलाई उतारिएको निर्माण पक्षको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार