सरिता यादव
दुःख र सुखको साथी
ऊ साथी पनि हो अनि सारथी पनि
एक बिना अर्को अधुरो उन् यति बाफादार, इमान्दार छ
उसलाई जा नभन्दासम्म ऊ
अन्तिम सांससम्म छोड्दैन मेरो बाबाको फुलेको कपालसंगै
ॐ अधमारो भएर पनिसंगै छ
मेरी बाको चप्पल
जेठ महिनाको घाम् भदौको हिलो
पुसको तुसारोमा जंगलका काँडाहरूलाई भोलेको छ।
उसलाई थाहा छ
खुट्टाको नाप उनको गन्तव्य
उनी हिन्ने बाटो
अनि, शिरदेखि पाउको भार पनि।
उन् त्यस्तै अभमारो भएको होइन
मेरी भविष्य बनाउनका लागि
भाग दौड गर्दा गर्दै भएको हो।
केही समयदेखि उसलाई
बारम्बार बाँधिएको छ
बरिएको एक पुरानो ठूलो पासोमा
तर, ऊ अभझै पनि साथ छोडेको छैन।
उर चप्पल मात्र होइन
मेरो बाबाको साथी र सारथी पनि हो।
अनि, मैले बुझ्नु पर्ने समय।
बागेश्वरी वहुमुखी क्याम्पस् कोहलपुर, बाँके
प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्