राजस्व अनुसन्धान कार्यालयद्वारा वित्तीय प्रगति सार्वजनिक



कोहलपुर (बाँके) ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेले वित्तीय प्रगति सार्वजनिक गरेको छ । कर्णाली, सुदूरपश्चि र लुम्बिनी प्रदेशका ६ सहित कूल २५ जिल्लामा कार्यक्षेत्र रहेको कार्यालयले वित्तीय प्रगति सार्वजनिक गरेको हो । कार्यालयले गत आर्थिक वर्ष २०८१–०८२ र चालू आवको २०८२–०८३ को कात्तिक सम्ममा गरेका गतिविधि सार्वजनिक गरिएको कार्यालयका सूचना अधिकारी खड्कप्रसाद उपाध्यायले बताए ।

कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा कूल ६ करोड २५ लाख ९० हजार राजस्व चुहावट धरौटी संकलन गरेको थियो । राजस्व चुहावट मागदाबी रकम कूल ७१ लाख ८३ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ । विदेशी विनिमय मुद्दा दायर संख्या १२ वटा रहेको छ भने विदेशी विनियम बिगो मागदाबी रकम ५७ लाख ५१ हजार रुपैयाँ रहेको उनले बताए । विदेशी विनिमय धरौटी रकम १ करोड २५ लाख ३३ हजार रहेको छ ।

आर्थिक वर्ष २०८२–०८३ को कात्तिक मसान्तसम्म विदेशी विनियम अपचलनतर्फ उजुरी÷अनुसन्धान फाइल संख्या २०८१–०८२ मा २४ र २०८२–०८३ को हालसम्म २० वटा रहेको जनाएको छ । धरौटी रकम २०८१–०८२ मा ७९ लाख ९४ हजार र २०८२–०८३ को कात्तिक मसान्तसम्म मा १५ लाख संकलन भएको कार्यालयले जनाएको छ । २०८२–०८३ को कात्तिक मसान्तसम्म बिगो मागदाबी रकम ४९ लाख रहेको छ ।

राजस्व चुहावटतर्फ उजुरी÷अनुसन्धान फाइल संख्या आर्थिक वर्ष २०८१–०८२ मा ४१ र २०८२–०८३ कात्तिक मसान्तसम्म ७५ रहेको छ । विस्तृत अनुसन्धानबाट फर्छौट संख्या २०८१–०८२ मा ३३ र २०८२–०८३ मा ४४ वटा रहेको छ । धरौटी आम्दानी रकम २०८१–०८२ मा १ करोड ९० लाख र २०८२–०८३ को कात्तिक मसान्तसम्म ९८ लाख रुपैयाँ रहेको छ । बिगो मागदाबी रकम २०८२–०८३ को हालसम्म ९ करोड ९४ लाख र बिगोसहित जरिवाना मागदाबी रकम १९ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

यसैगरी गस्ती परिचालन तथा भीसीटीएस जरिवाना शीर्षकमा २०८१–०८२ मा गस्ती परिचालन ९४ र २०८२–०८३ को कात्तिक मसान्तसम्म ५२ वटा रहेको छ । यस्तै फर्म संख्या २०८१–०८२ मा ११९ र २०८२–०८३ को कात्तिक मसान्तसम्म ४७ रहेको छ । जरिवाना रकम २०८१–०८२ मा ३६ लाख ९० हजार र २०८२–०८३ को कात्तिक मसान्तसम्म १३ लाख ५५ हजार रहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार