दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादको क्षेत्रमा माक्र्सको योगदान अतुलनीय रहेको छ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माक्र्सभन्दा पहिलेका अर्थशास्त्रीहरूले पूँजीवादी शोषणलाई चिन्न सकेका थिएनन् । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरेर पूँजीपतीले मजदुरको श्रमको शोषण गरेर मात्र धनी भएको कुरालाई माक्र्सले पहिलोपटक उजागर गरेका थिए । उनीभन्दा पहिलेका अर्थशास्त्रीहरू पूँजीवादको घेराभित्र कैद थिए । माक्र्सले त्यो घेरालाई तोडेका थिए ।
चिन्तामणि घिमिरे
कार्ल माक्र्स र चाल्र्स डार्विन उन्नाइसौँ शताब्दीका विश्व प्रसिद्ध दुई व्यक्तित्व थिए । एक थिए समाजविज्ञानका व्याख्याता, वैज्ञानिक समाजवादका संस्थापक एवं विश्व सर्वहारा वर्गका मुटु र मस्तिष्क अर्का थिए जीव विज्ञानका प्रणेता एवं उदविकासवादका जन्मदाता ।
उन्नाइसौँ शताब्दीका दुई मेधावी मस्तिष्क कार्ल माक्र्स र चाल्र्स डार्विन समकालीन व्यक्तित्व थिए । डार्विन सन् १८०९ मा बेलायतको शिक्षित चिकित्सा परिवारमा जन्मेका थिए भने माक्र्स पनि सन् १८१८ मा जर्मनीको एक शिक्षित परिवारमा जन्मेका थिए । माक्र्सले औपचारिक रूपमा विश्वविद्यालयबाट दर्शनशास्त्र विषयमा विद्यावारिधी गरेका थिए भने उता डार्विन भने स्वअध्ययन र व्यवहारिक जीवनमा प्राप्त ज्ञानको अनुभवबाट खारिएका व्यक्ति थिए । डार्विनको वास्तवमा सन् १८५९ मा जब उनको युगान्तकारी किताब ‘यचष्नष्ल या कउभअष्भक’ प्रकाशित भयो । त्यसै साल माक्र्सको पनि महत्वपूर्ण पुस्तक ‘अचष्तष्त्रगभ या उयष्तिष्अब िभ्अयलयmथ’ आएको थियोे । माक्र्सले तुरुन्तै बुझे कि डार्विनले आफ्नो सिद्धान्तमा द्वन्द्वात्मक, वैज्ञानिक र भौतिकवादी पद्धतिको परिचय दिएका छन् । एङ्गेल्सलाई पत्र लेखेर उनले भनेका छन कि यो थेसिस हाम्रो सोसल साइन्सको लागि काम आउन सक्छ ।
विज्ञानको जुनसुकै क्षेत्रमा भएको नयाँ आविष्कारलाई माक्र्स अत्यन्तै ध्यानपूर्वक अध्ययन गर्दथे । मानव चिन्तनका नयाँ उपलब्धिहरूलाई माक्र्सले आलोचनात्मक तरिकाले अंगाल्थे । डार्विनको आविष्कारबारे जानकारी पाएपछि उनले तत्कालै यस आविष्कारलाई प्रकृति विज्ञानमा एक वास्तविक क्रान्तिको रूपमा मूल्यांकन गरेका थिए । प्राकृतिक छनौटद्वारा जातिहरूको विकास शीर्षक डार्विनको पुस्तक पढिसकेपछि माक्र्सले एङ्गेल्सलाई लेखेका थिए कि ‘यस पुस्तकले हाम्रो विचारधाराको लागि प्रकृतिजन्य ऐतिहासिक आधार प्रदान गर्छ ।’ यस किसिमका आविष्कारहरूलाई माक्र्स सामाजिक विकास को क्रान्तिकारी तत्व ठान्दथे । सन् १८४८ मा माक्र्स–एङ्गेल्सद्वारा कम्युनिस्ट पार्टीको घोषणापत्र सार्वजनिक गरेपछि त्यसले मजदुर वर्गको बीचमा एउटा हलचल पैदा ग¥यो । उक्त घोषणापत्रले संसारका मजदुर तथा श्रमजीवी जनसमुदायलाई शोषणबाट मुक्त हुन एउटा वैचारिक हतियार प्रदान गरेको थियो । जसको महत्व अहिलेपनि त्यत्तिकै छ र भोलि पनि रहनेछ ।
दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादको क्षेत्रमा माक्र्सको योगदान अतुलनीय रहेको छ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माक्र्सभन्दा पहिलेका अर्थशास्त्रीहरूले पूँजीवादी शोषणलाई चिन्न सकेका थिएनन् । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरेर पूँजीपतीले मजदुरको श्रमको शोषण गरेर मात्र धनी भएको कुरालाई माक्र्सले पहिलोपटक उजागर गरेका थिए । उनीभन्दा पहिलेका अर्थशास्त्रीहरू पूँजीवादको घेराभित्र कैद थिए । माक्र्सले त्यो घेरालाई तोडेका थिए ।
डार्विनले सृष्टिवाद (अचभबतष्यष्कm) को खण्डन गरेका थिए । उनले यो प्रमाणित गरेका थिए कि ईश्वरले मानिसको रचना गरेको होइन । बरु मानिसले नै ईश्वरको रचना गरेको हो । तर, जस्तो कि सदिआँैदेखि समाजमा यस्तो मानिदै आइरहेको देखिन्थ्यो कि ईश्वरले मान्छे तथा अन्य जीवहरूको रचना गरेका हुन भनेर । बरु मानव समयको एक लामो र सुस्त प्रक्रियामा उदविकास भएको हो । मानिस आज जस्तो देखिन्छ, त्यो पहिले देखि नै त्यस्तो थिएन । उदविकासको ( भखयगितष्यल) गति अथवा चक्र धेरै मत्थर गतिमा, तर धेरै मिहिन तरिकाले अगाडि बढिरहेको हुन्छ । यसरी चलिरहेको संसारको सारा जैविक प्रक्रियाहरू परिवर्तनशील छ नै म्युटेवल पनि छन् । जबकी सृष्टिवादको मत थियोे कि ईश्वरले मानिसलाई आफ्नै रूपमा आफ्नै तरिकाले, आफ्नो श्रेष्ठ र पुर्ण कृति जसरी नै रचे र एक अर्थमा मानिस यस पृथ्वीमा ईश्वरको स्वघोषित प्रतिनिधि थियो । उसलाई प्रकृतिका अरु संसाधनहरू, प्राणिहरूमाथि स्वभाविक रूपमा एक अधिकार बोध प्राप्त थियो । डार्विनले आफ्नो संघन–अन्वेषणद्वारा यस मनगढन्त मतको धज्जी उडाइदिएका थिए । ईश्वरको पुत्र वानरको पुत्र सावित भयो । चर्चको खाइपाइ आएको धन्दा खतम भयो । एक प्रकारले उसको चुल्हो हल्लियो । यहाँ चर्चलाई विश्वका कैयौँ धर्महरूको प्रतिनिधि संस्थाको सरह देख्ने गरिन्छ । (स्टेटको स्थानमा चर्चलाई प्रमुखता दिइएको र जुन प्रकारान्तरले राजनीति र धर्मको एकता हो) किनकी एक श्रद्धाको रूपमा ईश्वरको विचार सबै धर्मको मूल्यमा छ ।
यहाँ धर्ममा निहित बौद्धिक आलस्यको परिणाम हो कि अनुल्लंघनी य नियमहरूबाट अनवरत सञ्चालित हुने सृष्टिले उनीहरूलाई देखाइदिन्छ, तर उसको अन्तक्र्रियाहरूको परीक्षण गर्नुको सट्टा उनीहरू पहिले नै त्यसलाई मानेर बस्छन् कि सृष्टिलाई कुनै स्रस्टाले सिर्जना गरेको हो भनेर । यति मात्र होइन, उसले त्यस कपोलकल्पित स्रस्टाको रुप एवं आकार–प्रकार, नियम कानुन र उसका दूतहरू–प्रतिनिधिहरूको पनि कल्पना गरेर बस्छ । वैज्ञानिक बुद्धिबाट अनुशासित मस्तिष्कले यस्तो तरिकाले कहिल्यै सोच्न सक्दैन । उसले त सृष्टिलाई सञ्चालन गर्ने नियमहरूको डटेर खोज अनुसन्धान गरेपछि नै कुनै निष्कर्षमा पुग्न चाहन्छ र तबसम्म आफ्ना निर्णयहरूलाई स्थगित राख्दछ । सृष्टिलाई सञ्चालन गर्ने यिनै नियमहरूमध्येमा एक विकासवादमा प्राकृतिक छनोटलाई डार्विनले खोज अनुसन्धान गरेर पत्ता लगाएका थिए । त्यो अकाट्य थियो । धेरै वर्षपछि कार्ल सैगनले यसमाथी चर्चा गर्दै भनेका थिए कि ‘हामी कति मूर्ख (अबुझ ) थियौँ जो हामीलाई यो भन्दा पहिला जानकारी भएन ।’ किनकि यो यति तार्किक थियो । विकासवादको महल धर्म, ईश्वर र मेटाफिजिक्सको थुप्रोमाथी बनाइएको थियोे । यो कुरा कार्ल माक्र्सलाई रुचिकर लाग्यो र राम्रोसँग जानकारी भयो । अर्गानिक नेचरमा जुन म्युटेबिलिटीको खोज डार्विनले गरेका थिए, त्यो उनलाई सामाजिक संरचनाहरूमा द्वन्द्वात्मकताको फलस्वरूप निर्माण हुने परिवर्तनहरूको आफ्नो विचारको अनुकुल हुनुपर्दछ भन्ने जानकारी भयो ।
यद्यपि डार्विन यस कुराप्रति सतर्क थिए कि जैविकी र सामाजिक दुई भिन्न क्षेत्र हुन र एकको नियम अर्कोमाथी लागू हुन सक्दैन । डार्विन स्वयं अनिश्वरवादी थिए तर सार्वजनिक रुपबाट ईश्वरको मुखर–निषेध गर्नबाट बच्दथे । सन् १८६७ मा जब पूँजी (अबउष्तब)िको पहिलो खण्ड प्रकाशित भयो, तब माक्र्सले त्यसको एक सौजन्यप्रती डार्विनलाई पठाइदिए । उक्त किताबमाथी दस्तखत गर्दै माक्र्सले भनेकी ‘म तपाईँको ठूलोे प्रशसक हुँ ।’ डार्विनले जवाफमा चिट्ठी पठाएकी ‘म तपाईँको यस उपहारको लागि योग्य भएपनि, नभएपनि तर, म तपाईँको पुस्तकलाई प्राप्त गरेर धेरै सम्मानित महसुस गरिराखेको छु ।’ निःसन्देह डार्विनले क्यापिटललाई पढ्ने लक्ष्य उठाएका थिएनन् । यसको दुईवटा कारण थिए । एक, उनले जर्मन भाषा राम्रोसँग जान्दैनथे । दुई, राजनीतिक अर्थशास्त्रमा उनको रुचि धेरै थिएन । धेरै वर्षपछि व्ला.इ. लेनिनले आफ्नो एक लेखमा माक्र्स र डार्विन दुवैको महत्वलाई समान रुपबाट स्वीकार्दै लेखेका थिए कि ‘जसरी डार्विनले जैविकीको भित्री प्रक्रियाहरूको खारेज गरेर उनमा एक अनुक्रम स्थापित गरेका थिए । यसैगरी माक्र्सले हामीलाई बताएका थिए कि इतिहास मानिसको जीवनको यान्त्रिक संकलन होइन, उसमा एक अन्तक्र्रिया छ र त्यसको आधार अनियमित, अराजक होइन, बरु पुर्णतया वैज्ञानिक र द्वन्द्वात्मक छ । महान प्रकृतिवादी वैज्ञानिक चाल्र्स डार्विनले विकास वादको सिद्धान्तमा बताएका छन् कि धरतीमा हामी सबैको पुर्वज एउटै हो ।









प्रतिक्रिया दिनुहोस्