भैरहवा ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने भैरहवार कागरागारबाट काठमाडौँ प्रस्थान गरेका छन्। भैरहवा कारागार छोड्दै गर्दा उनले त्यहाँको भित्तमा ‘अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ’ भन्ने वाक्यांश समेत लेखेका छन्।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार उनले आफूमाथि प्रतिशोध साधिएको भन्दै गारागार छोड्दा भित्तामा लेखेको विषय सुनाएका थिए। ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेले सुनाउँदै भनेका थिए, ‘अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।’
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार









प्रतिक्रिया दिनुहोस्