22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

सकारात्मक दृष्टिकोण हुनुपर्ने जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७३  

कोहलपुर, जेठ ६
लागु पदार्थ प्रयोगकर्ताहरु प्रति समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बासद्वारा संचालित युवा लक्षित कार्यक्रम अन्तरगत पूर्नस्थापीत पूर्व लागु पदार्थ प्रयोगकर्ता र युवाहरुको बिचमा मंगलबार नेपालगन्जमा सम्पन्न अनुभव आदान प्रदान कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व लागु पदार्थ प्रयोग कर्ता तथा साहारा हाउसका संचालक अबिराज क्षेत्रीले लागु पदार्थ बिरुद्धको अभियान फलामको च्यूरा चपाए सरह रहेको भन्दै सबैको ऐक्येबद्धता आवश्यक रहेको बताए । उनले आफ्नो अनुभव सुनाउँदै लागु पदार्थको प्रयोग न्यूनीकरण गर्न व्यक्तिगत पहल, संकुचीत सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अर्का पूर्व लागु पदार्थ प्रयोगकर्ता तथा सामना पूर्नस्थापना केन्द्रका विकास गिरीले
लागु पदार्थ दूव्यसनि प्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए । प्रेरणा पूर्नस्थापना केन्द्रका बिरेन्द्र सिह ठकुरीले मानसिक तनावका कारण लागु औषधको दलदलमा फसेको भन्दै रिकभर हुन सबैको हौसला आवश्यक हुने बताए । कार्यक्रमका नव किरण पूर्नस्थापना केन्द्रका जित बहादुर क्षेत्रीले लागु पदार्थ विरुद्ध सचेतना आवश्यक भएको बताए ।
पूर्व लागुपदार्थ प्रयोगकर्ताहरुको अनुभव पश्चात सहभागी अन्य क्षेत्रमा कार्यरत युवाहरुले आफ्नो बिचार राखेका थिए । कार्यक्रममा स्याक बाँकेका टिम लिडर शिबलाल पाण्डे, भ्वाई नेपालगञ्जका अध्यक्ष युवराज जंग शाह, नेपालगन्जका रिता थापा, प्रेमा रोका, कल्पना अधिकारी, निर्मला मल्ल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
बासका उपनिर्देशक हेमराज भट्टले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बासका सहायक सामाजिक जवाफदेहिता अभ्यास कर्ता शम्भु शाहीले गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा ३७ जनाको सहभागीता रहेको
थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७३     11:04:17 AM  |