युवा शक्तिलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड



धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो कुरामा जोड दिएका हुन् ।

नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उनले युवाहरूलाई रूपान्तरणको सद्भाव र परिवर्तनको संवाहक भएको संज्ञा दिएका हुन । युवा वर्गलाई देशमै रोजगारी दिनका निमित्त प्रदेश सरकारले युवा जनशक्तिलाई नवप्रवर्तन, स्टार्टअपका साथै सीप रोजगारी कार्यक्रम ल्याएको चर्चा गरेका छन् ।

साथै उनले युवा वर्गलाई लागूऔषधसम्बन्धी जानकारी दिनका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू प्रदेश सरकारले सञ्चालन गरेको बताएका छन् । कार्यक्रममा मुख्यमन्त्री शाहले देशका विभिन्न स्थानहरूमा निःशुल्क खगोल विज्ञानसम्बन्धी क्रियाकलाप गर्दै आएका टीकापुरका अरुण लोहारलाई एक लाख आर्थिक सहयोग तथा वृत्ति विकासमा समेत प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार