सुविधासम्पन्न अस्पताल भवन निर्माण गर्दै लाइफलाइन



नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको लाइफलाइन जनरल हस्पिटलले आफ्नै सुविधासम्पन्न अस्पताल भवन बनाउने तयारी गरेको छ । सो सुविधासम्पन्न अस्पताल भवन निर्माणको शिलान्यास गरिएको छ । नेपालगन्जमै बन्न लागेको सुविधासम्पन्न अस्पताल भवनको लाइफलाइन जनरल हस्पिटलका प्रमुख डा. पारस श्रेष्ठ र क्रिष्टिनले भवनको शिलान्यास गरेका हुन् ।

भएकै अस्पताल क्षेत्रबाट टाढा नहुने गरि भवन निर्माण सुरु गरिएको लाइफलाइन जनरल हस्पिटलका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । ‘भएकै अस्पताल क्षेत्रबाट टाढा नहुने गरि भवन निर्माण थालिएको छ,’ उनले भने, ‘हामी अहिलेकै सेवा शुल्कमा उच्चकोटीको सेवासुविधा प्रदान गर्नेगरि नयाँ भवनको डिजाइन गरेका छौँ । चाँडै निर्माण कार्य सम्पन्न गरेर सेवा सञ्चालन गर्नेछौँ ।’

अध्यक्ष श्रेष्ठका अनुसार एकवर्षभित्रै निर्माणकार्य पूरा गर्नेगरि सिर्जनशील इन्जिनियर महेशकुमार थापाको नेतृत्वमा प्राविधिक टिमले काम अगाडी बढाइसकेको छ । ‘अर्काे वर्ष आफ्नै सुविधासम्पन्न भवनमा लाइफलाइनले सेवा प्रवाह गर्नेछ,’ उनले भने । हाल नेपालगन्जस्थित टांगा स्टेसन नजिकैबाट लाइफलाइन जनरल हस्पिटलले दन्तरोग, बालरोग, छाला तथा सौन्दर्य, स्त्रीरोग, नाक कान घाँटी, मृगौला लगायत रोगको सेवा एकै स्थानबाट २४सै घन्टा दिइरहेको छ ।

आफ्नो सुविधासम्पन्न भवन निर्माणपछि थप सेवाहरूसमेत विस्तार गरिने लाइफलाइन जनरल हस्पिटलका अध्यक्ष श्रेष्ठले मिसन टुडेलाई जानकारी दिए । हाल अस्पताल भवन निर्माणको काम धमाधम चलिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार