बाँके ।
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली लुम्बिनी लाभाज टिमले नायिका आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । महिला खेलाडीको सशक्तीकरण, खेलकुदको लोकप्रियता बढाउने र समाजमा सकारात्मक सन्देश दिने उद्देश्यसहित टिमले नायिका शर्मालाई टोलीमा स्वागत गरेको हो ।
नेपाली सिने क्षेत्रमा पहिचान बनाएकी आना शर्मा युवापुस्तामाझ लोकप्रिय छिन् । सामाजिक अभियान र खेलकुदमा पनि सक्रिय उनी लुम्बिनी लाभाजसँग जोडिन पाउँदा गर्व महसुस भएको बताउँछिन् । लुम्बिनी लाभाजकी टिम म्यानेजर स्तुती निरौलाले आना शर्माको सहभागिता टिमको सामाजिक र सांस्कृतिक प्रभाव अझ बलियो बनाउने विश्वास व्यक्त गरिन् ।
एभरेष्ट स्पोट्र्स म्यानेजमेन्ट प्रालिअन्तर्गत सञ्चालनमा रहेको लुम्बिनी लाभाजको यो कदम एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगलाई थप सशक्त बनाउन गरिएको पहलको रूपमा हेरिएको छ ।









प्रतिक्रिया दिनुहोस्