वीरेन्द्रनगर ।
कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आथिक वर्ष २०८२–०८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो । मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर रु ३० लाखसम्मको थैली अंक जिरो दशमलव दुई प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अंकमा जिरो दशमलव तीन प्रतिशत र रु दुई करोडभन्दा माथिको थैली अंकमा जिरो दशमलव पाँच प्रतिशत राजस्व तोकिएको थियो ।
चालू आथिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा रु ३० लाखसम्मको थैली अंकमा एक दशमलव पाँच प्रतिशत, ३० लाखदेखि दुई करोड थैली अंकमा दुई प्रतिशत र दुई करोडदेखि माथिको थैली अंकमा दुई दशमलव पाँच प्रतिशत पु¥याइएको छ । यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा रु ३० लाखसम्मको एक प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अंकमा एक दशमलव पाँच प्रतिशत र रु दुई करोडभन्दा माथिको थैली अंकमा दुई प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिए ।
शत्प्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन् । छाँयानाथ रारा नगरपालिका–२ चैन गाउँका नवराज चौलागाईंले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताए ।









प्रतिक्रिया दिनुहोस्