बाँके ।
हलमा शुक्रबार एक नेपालीसहित ४ फिल्म प्रदर्शनमा आएका छन् । नीता ढुंगाना स्टारर ‘रियाल रिंगेट’ रिलिज भएको छ । हलमा नेपाली फिल्म ३ सातापछि प्रदर्शनमा आएको हो । असार २७ मा ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएयता कुनै पनि नेपाली फिल्म रिलिज भएका थिएनन्।
विभोर पोखरेल निर्देशित ‘रियाल रिंगेट’ले वैदेशिक रोजगारीमा खाडी र मलेसियामा जाँदा नेपालीले भोग्नुपरेको समस्या र पीडाको कथा पेश गर्छ । तपाईँलाई वैदेशिक रोजगारीको कथामा फिल्म हेर्न मन छ यो फिल्म दर्शनीय हुनसक्छ । यो फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, रविन्द्र खड्का, रोशन श्रेष्ठको अभिनय छ । यो फिल्मको रनटाइम १३५ मिनेट छ ।
यसबाहेक, अजय देवगण स्टारर बलिउड फिल्म ‘सन अफ सरदार २’, सिद्धार्थ चतुर्वेदी र तृप्ती डिमरीको ‘धडक २’, विजय देवरकोन्डा स्टारर दक्षिण भारतीय फिल्म ‘साम्राज्य’ रिलिज भएका छन् । बलिउड फिल्म ‘सैयारा’को बक्सअफिस लहर जारी रहँदा नयाँ फिल्म प्रदर्शनमा आएका हुन् ।









प्रतिक्रिया दिनुहोस्