तुलसीदास जयन्ती मनाइयो



नेपालगन्ज ।

नेपालगन्जमा बिहीबार ५२८औँ गोस्वामी तुलसीदास जयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । अवधी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा अवधी भाषा, साहित्य र संस्कृति संरक्षणमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । साथै कार्यक्रममा गोश्वमी तुलसीदासको विभिन्न माध्यम कविता, गीत, सोहर, छंद लगायत वाचन गरी जीवनी स्मरण पनि गरिएको थियो ।

प्रतिष्ठानकी कावा अध्यक्ष शुशीला वैश्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशी आयोगका सदस्य विजयकुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायतको सहभागिता रहेको थियो । भारतबाट विशेष अतिथिका रूपमा आमन्त्रित अवधी भाषा प्रबद्र्धक सन्दीप मिश्रा र इन्द्रेशबहादुर भदौरियालाई अवधी भाषा संरक्षणमा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, करिब ४० जना व्यक्तित्वहरूलाई अवधी भाषा र साहित्य प्रवद्र्धनमा पु¥याएको योगदानका लागि कदरपत्र प्रदान गरिएको थियो । ‘बिमला–बिष्णु अवधी सेवा सम्मान–२०८२’ बाट अवधी भाषी पत्रकार चन्द्रेश्वरराज त्रिपाठी र नन्दलाल साहुलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित बहुभाषिक कवि गोष्ठीमा अवधी, नेपाली, मैथिली लगायत भाषामा साहित्यकारहरूले आफ्ना रचनाहरू प्रस्तुत गरिएको थियो । अवधी भाषी महिलाहरूले सोहर, कजरी गीत, विवाह गीत जस्ता मौलिक अवधी प्रस्तुति दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार