कोहलपुरका एक हजारभन्दा बढी घरधुरी विपद्को उच्च जोखिममा



गणेश रावत । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका १ हजार ३ सय ६३ घरधुरी सम्भाव्य विपद्को उच्च जोखिममा रहेका छन् । कोहलपुर नगरपालिका स्थानीय विपद् व्यवस्थापन समितिका अनुसार यस वर्ष कोहलपुरका १ हजार ३ सय ६३ घरधुरी विपद्को उच्च जोखिममा रहेका हुन् ।
नगरपालिका विपद् पूर्वतयारी विश्लेषणअनुसार कोहलपुर नगरपालिका १ हजार ३ सय ६३ घरधुरीका १३ हजार ६ सय ३० जनसङ्ख्या विपद्को उच्च जोखिममा रहेको विपद् शाखा प्रमुख एवम् नगर प्रहरी प्रमुख बीरबहादुर थापाले बताए ।

कोहलपुर नगरपालिकाभित्र रहेका १५ वटै वडामध्ये विपद्को उच्च जोखिममा सबैभन्दा धेरै जनसङ्ख्या वडा नम्बर–१२ र सबैभन्दा कम भने वडा नम्बर–५ मा रहेका उनले मिसन टुडेलाई जानकारी दिए । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर–१ का १ सय ५० घरधुरी, वडा नम्बर–२ का ४५ घरधुरी, वडा नम्बर–३ का ३० घरधुरी, वडा नम्बर–४ का ४५ घरधुरी, वडा नम्बर–५ का २० घरधुरी र वडा नम्बर–६ का १ सय घरधुरी, वडा नम्बर–७ का २५ घरधुरी, वडा नम्बर–८ का ८ सय घरधुरी, वडा नम्बर–९ का ३ सय ७५ घरधुरी र वडा नम्बर–१० का १ सय २० घरधुरी विपद्को उच्च जोखिममा रहेका छन् ।

त्यस्तै वडा नम्बर–११ का ८९ घरधुरी, वडा नम्बर–१२ का १ हजार घरधुरी, वडा नम्बर–१३ का १ सय ७५ घरधुरी, वडा नम्बर–१४ का १ सय ६० घरधुरी र वडा नम्बर–१५ का २९ घरधुरी सम्भावित विपद्को उच्च जोखिममा रहेका छन् । सङ्ख्याका हिसाबले कोहलपुर नगरपालिका वडा नम्बर–१ का ६ सय ५० जनसङ्ख्या, वडा नम्बर–२ का १ सय ८०, वडा नम्बर–३ का ३ सय ५०, वडा नम्बर–४ का १ सय ८०, वडा नम्बर–५ का १ सय २० र वडा नम्बर–६ का ३ सय ९० जनसङ्ख्या जोखिममा रहेका छन् ।

त्यस्तै कोहलपुर नगरपालिका वडा नम्बर–७ का १ सय २५, वडा नम्बर–८ का ३ हजार २ सय, वडा नम्बर–९ का ११ सय ९५ , वडा नम्बर–१० का ६ सय, वडा नम्बर–११ का ३ सय ५६, वडा नम्बर–१२ का ४ हजार २ सय, वडा नम्बर–१३ का ७ सय ४०, वडा नम्बर–१४ का ८ सय घरधुरी र वडा नम्बर–१५ का ८ सय जनसङ्ख्या सम्भावित विपद्को उच्च जोखिममा रहेका हुन् ।

यी हुन् विपद्को उच्च जोखिममा रहेका बस्ती

विपद् शाखा प्रमुख थापाका अनुसार वन खेत, विकास नगर, प्रेम नगर, पुष्प नगर, शक्ति नगर, कृष्ण नगर, बर्दहवा, बैकुण्ठ नगर, ज्योति नगर, शाही टोल, जनचेतना आधारभूत विद्यालय क्षेत्र, उप्रेती ह्युमपाइप उद्योग आसपास र किराण नाला आसपासका टोलहरू विपद्को उच्च जोखिममा रहेका छन् ।

त्यस्तै श्रीनगर, उदय नगर नारायण टोल, सिद्धनगर, पृथ्वी नगर, वेष्टर्न स्कुल अगाडी, पञ्चमुखी स्कुल पछाडी, पुरानो मेडिकल कलेज पछाडी, रझेना गाउँ, चकिया टोल, बालविद्या टोल, डुडुवा खोला आसपासको खेत र बस्ती, मन्नापुर झर्कटी र पिपिरी चोक, गणेश चोक, एकता नगर, चटार नगर, राम नगर, जीवन ज्योति स्कुल आसपास र डुडुवा खोला आसपासका टोलहरू जोखिममा रहका हुन् ।

यस्तै बालविद्या टोल, लोक नगर, पेन्सन क्याम्प, सिताटोल, सृजना टोल, थारु गाउँ, दिपज्योति टोल, शान्ति टोल, निबुवा, जानकी टोल, सुन्दर बस्ती, मसुरी खेत, रामजानकी टोल, रोहिणी, प्रगति टोल, स्कुल टोल, सिमरी झोलुङ्गे पुल दायाँ बायाँ, भरैया थारु गाउँ, खड्कावार नेरा माबिको उत्तर बस्ती, हवलदारपुर गितापुर उढारपुर रिहार, प्रसनीपुर, चन्नहवा र चौधरीया टोल विपद्को उच्च जोखिममा रहेका छन् ।

२०८१ मा विपद्बाट १४४ घर प्रभावित

कोहलपुर नगरपालिकामा २०८१ मा विपद् हावाहुरी र असिनापानीबाट १२० घर प्रभावित भएका छन् । नगरपालिकाभित्र रहेका वडा नम्बर ७, ८, १०, १४ र १५ गरेर जम्मा १२० घर प्रभावित भएका हुन् । त्यस्तै बाढी तथा डुवानबाट भने २४ घरधुरीमा क्षति पुगेको छ । वडा नम्बर ११, १२ र १३ मा गरेर २४ घरधुरी बाढी तथा डुवानबाट प्रभावित भएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार