‘शिक्षण अस्पताल नागरिकको निम्ति र नागरिक समाजको प्रेम सद्भाव र सहयोग शिक्षण अस्पतालप्रति’ भन्ने भावना अपरिहार्य नै छ। यसका लागि माथि उल्लेखित सर्वदलीय एवम सर्वपक्षीय नागरिकहरूसँग शिक्षण अस्पतालबाट सुमधुर सम्बन्धको पहल गर्दै धेरै अस्पतालहरूमा समेत व्यवहृत कोहलपुर शिक्षण अस्पतालको माथिको अवधारणालाई कार्यान्वयन गर्नु अति आवश्यक छ ।

प्रा डा ढुण्डिराज पौडेल
२०४० सालमा हेअको रूपमा केही वर्ष, इएनटी विशेषज्ञको रूपमा २०६३ र २०६८ सालमा क्रमशः भेरी एवम् दाङ अस्पतालमा र पटक पटक नेपाल सरकारको प्रमुख कन्सल्टेन्टको रूपमा राप्ती, कर्णाली, मध्य एवम् सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा शल्यचिकित्सा सेवा पु¥याउने मौका पाएको हुँ । वीर अस्पतालको नाक कान घाँटी प्रमुख एवम् प्रोफेसर पदबाट निवृत्त भै फेरि नियतिले ६ वर्षअघि कोहलपुर शिक्षण अस्पतालमा प्रोफेसरको रूपमा डो¥याएर ल्यायो ।
यसो हुनुमा पंक्तिकार नेपाल मेडिकल काउन्सिलको तात्कालिक कार्यकारी सदस्यको नाताले तात्कालिक व्यवस्थापन निर्देशक डा सुरेशकुमार कनोडियाप्रति जनाएको प्रतिबद्धता पनि एक कारक हो । सौभाग्य नै मान्नुपर्छ कोहलपुर शिक्षण अस्पतालमा रहँदा पटक पटक कर्णाली एवम् सुदूरपश्चिम प्रदेशमा समेत सेवा गर्ने अवसर मिलेको छ ।
डा सुरेश कनोडियाको पहल
यो संस्थाका संस्थापकमध्ये एक तात्कालिक भेरी अस्पतालका वरिष्ठ शल्यचिकित्सक एवम पंक्तिकारसमेत पदाधिकारी रहँदाको मेडिकल एसोसिएसनका पूर्वउपाध्यक्ष डा सुरेसकुमार कनोडियाको पहल संयोजन र साहसपूर्ण निर्णयले तात्कालिक भारतीय समूह सञ्चालन गर्न असफल भै फर्किएको अवस्थामा नेपाली चिकित्सक सहितका लगानीकर्ताहरूले यो संस्थाको स्वामित्व ग्रहण गरेका हुन ।
स्थानीयबासी एवम् पालिकाको योगदान
डा कनोडियाको पहलप्रति सरकार, स्थानीयबासी एवम् जनप्रतिनिधिहरूको सौहाद्रताको प्रतिफलस्वरुप तात्कालिक चिसापानीस्थित जमिन एवम भवन, कोहलपुरको सार्वजनिक जग्गा एवम् दश बिघास्थित निजी जग्गा पनि खरिद हुन सक्यो । यसको लागि संस्था सम्बद्ध व्यक्ति एवम् निकायप्रति कृतज्ञ हुनै पर्छ ।
भारतीय शिक्षक एवम् चिकित्सकहरूको योगदान
शिक्षण अस्पताल सञ्चालनका सुरुवातका वर्षहरूमा भारतबाट वरिष्ठ सक्षम विशेषज्ञ एवम् शिक्षकहरूबाट सेवा एवम् प्राध्यापन भएको थियो भने क्रमशः केही वर्षदेखि मेडिकल काउन्सिलले उमेर तोकिदिँदा बहुसंख्यक भारतीय शिक्षक एवम् चिकित्सकहरू नेपालीबाटै विस्थापित भएपनि योगदान पु¥याउने तमाम भारतीय चिकित्सक एवम् प्राध्यापकहरू सम्मानका हकदार छन् । त्यसैगरी हाल कार्यरत सबै शिक्षक, चिकित्सक एवम् सबै प्राविधिक एवम् अप्राविधिक कर्मचारीहरूको पनि ठुलो योगदान रहेको छ ।
शिक्षण अस्पतालको महत्व एवम् योगदान
राप्तीदेखि सुदूरपश्चिम महाकालीका सामान्य आर्थिक अवस्था भएका विशेषगरी जटिल अवस्था भएका बिरामीहरूलाई यो शिक्षण अस्पतालले सहज र स्तरीय सेवा पु¥याउनु पर्छ र पु¥याएको पनि छ । हाल उपचार शुल्कमा वृद्धि गरिए पनि अझै अन्य निजी कर्पोरेट अस्पतालको भन्दा उपचार सेवा सस्तो नै हुनुपर्ने हो । शिक्षण अस्पताल हुनुको नाताले यो संस्थाको जिम्मेवारी पनि हो । असहाय गरिब निमुखाहरू पनि आर्थिक अभावका कारणले कम्तिमा पनि आकस्मिक एवम् गम्भीर रोगहरूको उपचारबाट वञ्चित हुनुहुँदैन भन्ने तथ्यलाई पनि शिक्षण अस्पतालले आत्मसात् गर्दै यस्ता नागरिकहरूलाई शिक्षण अस्पतालले सेवा पु¥याएको र पु¥याउनुपर्ने दायित्व पनि हो ।
हालसम्म हजारौँ स्नातक एवम् सयौँको संख्यामा विशेषज्ञ चिकित्सकहरू उत्पादित भै स्वदेश एवम् विदेशमा कार्यरत छन् । झनै मुख्यसहर नेपालगन्जबाट २० किमि जति टाढा रहेको यो शिक्षण अस्पताल मुख्यतः कोहलपुर नगरपालिकाको काखमा रहेको र वरपरका पालिकाहरूको बीचमा रहेको छ । विशेषगरी पूर्व, पश्चिम, उत्तरबाट रेफर भै हेलिकप्टर, एम्बुलेन्स या अन्य सवारीसाधनमा ल्याइपु¥याइएका अझै आकस्मिक स्वास्थ्य समस्या परेका बिरामीहरूलाई भारतको लखनउ लगायतका सहरमा उपचार गर्न जानुपर्ने वाध्यतालाई ठुलो हदसम्म यो शिक्षण अस्पतालले हटाएको पनि छ ।
शिक्षण अस्पतालको उपचारबारे भ्रम
त्रिविवि शिक्षण अस्पतालमा अध्ययन गरेको नाताले पंक्तिकारलाई सम्झना छ, २०४० सालमा शिक्षण अस्पताल स्थापना भएको केही वर्षसम्म त्यो त चिकित्सा विद्यार्थीहरूलाई तालिम दिने अस्पताल भएकोले स्तरीय उपचार हुँदैन भन्ने भ्रम थियो । अहिले भारतदेखि नेपालकै शिक्षण अस्पतालहरू प्रतिको आकर्षण र विश्वास जगजाहेर छ । झनै विभिन्न विशेषज्ञतामा अध्ययन तालिम सुरु भएपश्चात् त शिक्षण अस्पतालमा बिरामीको निदानमा स्वत स्तर वृद्धि हुन्छ । हाल कोहलपुरमा यो भ्रम चिरिए पनि पूरै समाप्त हुन शिक्षण अस्पतालले मेहनत गर्नुपर्ने हुन्छ ।
स्थानीयबासीहरूसँगको सम्बन्ध
नेपालमा नजिकको तिर्थ हेला भन्ने उखान प्रचलित छ । अर्को कुरा एउटै सिरानीमा रहेका टाउकाहरू ठोकिन्छन् भनेजस्तो संस्था जतिसुकै ठुलो भएपनि स्थानीय जनसमुदायसँगको सम्बन्ध सुमधुर हुनुको सट्टा असमझदारी पनि पैदा हुन सक्छन् । स्थानीय जनसमुदायमा संस्थाबाट सहुलियतको अपेक्षा गरिएको पनि हुन्छ । सो हुन नसक्दा पनि यदाकदा सानोतिनो र स्वभाविक घटनाहरू अस्वभाविक बन्न पुग्छन् । दुवै पक्षहरूले समयमै यिनको निरुपण गर्नुपर्ने हुन्छ ।
लगानीकर्ता परिवर्तन र उत्पन्न असहजता, असमझदारीता एवम् द्वन्द्व
तात्कालिक अध्यक्ष, एमडीसहितका लगानीकर्ताहरूको सेयरको अधिकतम हिस्सा नयाँ लगानीकर्ताहरूले ग्रहण गरेसँगै सञ्चालक, कर्मचारी मात्रै होइन सहकार्यमा संलग्न पालिका एवम् विभिन्न जनप्रतिनिधि एवम् राजनैतिक संस्थाहरूबीच सिर्जित द्वन्द्व र असमझदारिपन घनिभूत एवम् जटिल मोडमा पुगेको प्रतीत हुन्छ ।
चिकित्सकहरू निराश र असुरक्षित
कोहलपुर शिक्षण अस्पतालमा कार्यरत प्राविधिक एवम् अन्य कर्मचारी एवम् श्रमिकहरू बीच उत्पन्न द्वन्दको कानुनीरूपमा निरुपण भएपनि अपरिहार्य रहनु पर्ने संस्थाप्रतिको निजत्व या ममताको भाव कताकता तिरोहित हुन पुगेको प्रतीत हुन्छ । यो अवस्था कायम रहिरहँदा संस्थाको प्रगति नहुने मात्रै होइन अवनतिका संकेतहरू पनि देखापर्नु अस्वभाविक होइन ।
उपचार सेवा एवम् प्राध्यापनमा संलग्न चिकित्सक एवम् शिक्षकहरूको मनोभावलाई संस्थामा उत्पन्न द्वन्दले नकारात्मक प्रभाव पर्छ । अझै यदाकदा विशेषगरी स्थानीयबासिन्दा एवम् सेवाग्राहीहरूबाट अस्वभाविक व्यवहार प्रदर्शित हुन पुग्दा सामान्य एवम् स्वभाविकरूपमा उत्पन्न हुन सक्ने औषधिय प्रतिक्रियाको लागि पनि चिकित्सकलाई ज्यानमा समेत खती पु¥याउन सक्ने धाकधम्की दिँदा विशेषगरी अन्य भौगोलिक क्षेत्रबाट आएका विशेषज्ञ चिकित्सकहरू पलायन हुने डर हुँदो रहेछ ।
अस्पतालमा कार्यरत मेडिकल अधिकृत सहितका तमाम चिकित्सक एवम् सबै तहका स्वास्थ्यकर्मीहरूलाई संस्थाले उत्प्रेरित नगर्दासम्म संस्थाको हित सम्भव हुन्न । पालिका एवम् जनप्रतिनिधिहरूसँगको सम्बन्धमा सौहाद्रता त यो संस्थाको सुसञ्चालनको निम्ति अपरिहार्य नै हुने रहेछ । अहिले विशेषगरी स्थानीय सरकार या पालिकासँगको सम्बन्धमा आएको निखराव या कटुताले संस्थाको भलो नहुने मात्रै होइन अपितु त्यसकोे मारमा सर्वसाधारण बिरामीहरू सेवाबाट वञ्चित हुनुपर्ने हुन्छ ।
त्यसैले पालिका एवम् बासिन्दाहरू एवम् संस्था एकअर्काका पूरक हुन भन्ने तथ्यलाई दुवै पक्षले आत्मसात् गर्नैपर्ने हुन्छ । सामान्यतया मेडिकल कलेजहरू संघीय सरकारको मातहतमा रहेपनि नेपालको संविधानअनुसार तीनै तहका सरकारहरूको महत्तालाई स्पष्टरूपमा परिभाषित गरेको छ ।
प्रशासन एवम् सुरक्षा निकाय
अन्यत्र जस्तो कोहलपुर शिक्षण अस्पताल जिल्ला सदरमुकाममा नरहेकोले पालिकाहरू स्थानीय प्रशासन एवम् सुरक्षा निकायसँग उचित समन्वय अपरिहार्य छ । समय समयमा स्थानीय प्रशासन एवम् सुरक्षा निकायहरूसँग पनि छलफल एवम् अन्तक्र्रिया हुनु अति आवश्यक हुन्छ। यसकोे पहल शिक्षण अस्पतालले नै लिनुपर्ने हुन्छ ।
उपचार सेवामा सुरक्षाको प्रत्याभूति
शिक्षण अस्पतालमा अन्यत्रबाट रेफर गरिएका गम्भीर प्रकृतिका बिरामीहरू पनि उल्लेख्य संख्यामा ल्याइन्छन् । गम्भीर एवम् जटिलखाले बिरामीहरूलाई उपचार प्रयासको बाबजुद पनि बचाउन नसकिँने हुँदा यदाकदा संलग्न स्वास्थ्यकर्मिहरूउपर आवेसमा रिससमेत पोखिन्छ । नेपालको कानुनले यस्तो क्रियाकलापउपर कडा सजायको व्यवस्था गरेपनि त्यसले उत्पन्न मानसिक पीडालाई पूर्णरूपमा समन गर्न सक्दैन् । त्यसैले अस्पतालको सुरक्षा शाखा एवम् खटिएका प्रहरीहरू सम्भावित यस्ता हरकतउपर चनाखो हुनुपर्ने आवश्यकता छ ।
उपचार र क्षतिपूर्ति
नेपालको ऐनमा नै उपचारमा त्रुटि लापरबाही या हेलचेक्र्याइँ भए छानबिन गरि दण्ड सजाय या क्षतिपूर्तिको व्यवस्था छ भने चिकित्साकर्मीमाथि गालीगलौज, दुव्र्यवहार या हातपात गरे जेलसहितको दण्ड सजायको व्यवस्था छ । तर कुनै गम्भीर प्रकारको संक्रमणबाट बचाउन दिइने प्रभावकारी औषधिका कारण साइड इफेक्ट उत्पन्न भए उपचाररत चिकित्सकहरूमाथि गालीगलौज र शारीरिक आक्रमण गर्न उद्धत हुँदा सम्बद्ध इकाई मूकदर्शक हुनु हुँदैन ।
उल्टै आर्थिक क्षतिपूर्तिको माग राखी दबाब दिने र प्रहरीमा उजुरी दिँदा उल्टै सम्बद्ध चिकित्सकलाई सुरक्षा निकायमा बोलावट गर्न कानुनले दिँदैन । गम्भीर प्रकारको त्रुटि या लापरबाहीले ज्यान जोखिममा परेको उजुरी परेपनि प्रहरीले ऐनमा तोकिएको अनुसन्धान या छानबिन निकायमा उजुरी पठाउनुपर्ने हुन्छ । यसो नगरी स्थानीय रूपमा नै बयान लिँदा या छलफल गर्दा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार या हातपात हुन गए दोषको भागीदार हुनुपर्ने हुन्छ । यो कानुनी प्रबन्धबारे पनि स्थानीय सुरक्षा निकायसँग छलफल या अन्तक्र्रियाहरू चलाइनु आवश्यक छ ।
सञ्चार क्षेत्रसँग अन्तक्र्रिया
नेपालको चौथो अंगको रूपमा स्थापित सञ्चार क्षेत्रसँग सुमधुर सम्बन्ध कायम गर्दै अनवरत रूपमा सम्पर्कमा रहनुपर्ने हुन्छ । चिकित्सा सेवाको आफ्नै विशिष्टता रहने हुनाले यदाकदा अनेकन असमझदारी एवम् भ्रमहरू सिर्जित हुने गर्दछन् । छ वर्षदेखि कोहलपुर शिक्षण अस्पतालमा कार्यरत रही व्यक्तिगत एवम् उमेरका कारणले नियमित चिकित्सकीय सेवाबाट निवृत्त हुने सोचाइ राखेको पंक्तिकारको सोचाइमा त्यो सम्बन्ध अपेक्षितरूपमा स्थापित हुन नसकेको हो कि भन्ने लाग्छ । आगामी दिनमा सञ्चालक एवम सञ्चार जगतबीच अन्तक्र्रिया, समन्वय र छलफल भैरहोस् भन्ने अपेक्षा हो ।
सर्वदलीय नागरिक समाजसँगको अन्तक्र्रिया
पंक्तिकारको हार्दिक आग्रह हो ‘शिक्षण अस्पताल नागरिकको निम्ति र नागरिक समाजको प्रेम सद्भाव र सहयोग शिक्षण अस्पतालप्रति’ भन्ने भावना अपरिहार्य नै छ । यसका लागि माथि उल्लेखित सर्वदलीय एवम् सर्वपक्षीय नागरिकहरूसँग शिक्षण अस्पतालबाट सुमधुर सम्बन्धको पहल गर्दै धेरै अस्पतालहरूमा समेत व्यवहृत कोहलपुर शिक्षण अस्पतालको माथिको अवधारणालाई कार्यान्वयन गर्नु अति आवश्यक छ ।
(लेखक कोहलपुर शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विभागका विभागीय प्रमुख हुन् ।)









प्रतिक्रिया दिनुहोस्