
कास्कीको पोखरा रङ्गशालामा आरएस पोखरा फुटबल क्लबद्वारा आइतबार आयोजित महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा उपाधि विजेता पुलिस क्लबका खेलाडी ट्रफी सहित सामूहिक तस्बिरमा । च्याम्पियन पुलिसले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । तस्बिर : कृष्ण दवाडी/रासस
पोखरा ।
नेपाल पुलिस क्लबले पोखरा महिला गोल्डकपको प्रथम संस्करणको उपाधि जितेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमा सीमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसले ५ लाख रूपैयाँँ हात पारेको छ । उपविजेता आर्मीले ३ लाख रूपैयाँँ प्राप्त गरेको छ । पहिलो हाफमै १० खेलाडीमा सीमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै रोक्यो । पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सीमित भएको हो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले ‘डि’ एरिया नजिक लडाएपछि रातो कार्ड पाएकी थिइन् ।
विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ३० हजार रूपैयाँँ प्राप्त गरिन्। यस्तै उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कूल पाँच गोल गरिन् । पहिलो खेलमा आयोजकविरुद्ध उनले पाँच गोल गरेकी थिइन् ।
उत्कृष्ट दुवैले समान १५ हजार रूपैयाँँ प्राप्त गरे । अनुशासित टिमको पुरस्कार आर. एस. पोखरा फुटबलले प्राप्त ग¥यो । तीन दिनसम्म चलेको प्रतियोगितामा कूल चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुलिस, आर्मीसँगै संकटा र आयोजक आर.एस. पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्