कोहलपुर ।
कोहलपुर अटो एसोसिएसन बाँकेको अध्यक्षमा मातृका सापकोटा चयन भएका छन् । शनिबार कोहलपुरमा सम्पन्न एसोसिएसनको छैठो साधारण सभा तथा तेस्रो अधिवेशनबाट सापकोटा अध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको हो । कोहलपुर अटो एसोसिएसनको उपाध्यक्षमा गंगाराम भण्डारी,सचिवमा दुर्गा प्रसाद भण्डारीलाई चयन गरिएको छ ।
जसको सहसचिवमा विजय थापा र कोषाध्यक्षमा केशव पौडेललाई चयन गरिएको अध्यक्ष सापकोटाले बताए । कोहलपुर अटो एसोसिएसनको सदस्यहरुमा अनिल कुमार कादु,घनश्याम सुनार,,गोविन्द ढकाल,आयुस कर्माचार्य,मोहन योगी, भविश्वर चापागाई,राम रतन थारु र पुन्साराम थारुलाई चयन गरिएको छ । सल्लाहकारमा निवर्तमान अध्यक्ष रवि प्रसाद कमाचार्य रहेका छन् ।
अध्यक्ष सापकोटाले नयाँ समिति चयनसँगै विविध निर्णय गरिएको बताए । उनका अनुसार कोहलपुर अटो एसोसिएसनकोे मासिक बैठक प्रत्येक महिनाको अन्तिम शनिबार बस्ने निर्णय गरिएको छ । अध्यक्ष सापकोटाका कोहलपुर उद्योग वाणिज्य संघका पूर्व महासचिवसमेत हुन् । सञ्जिता मोटर्स पार्टका सञ्चालक सापकोटाले पदीय जिम्मेवारीलाई कुसशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्