कोहलपुर ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजनामा कोहलपुरस्थित प्रस्तावित बाल अस्पताल क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । ‘हरियाली नेपालको अभियान, स्वच्छ वातावरण हाम्रो पहिचान’ भन्ने नारासहित क्लबले स्थानीय बासिन्दा, रोटरियन, रोट्रयाक्ट तथा वन कार्यालयको सहकार्यमा १०० बढी बिरुवा रोपिएको जानकारी गराएको छ ।
वृक्षरोपण कार्यक्रम कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वृक्षरोपण कार्यक्रममा बोल्दै वडा अध्यक्ष कठायतले वृक्षरोपण हरियालीका लागि मात्रै नभइ स्वस्थ जीवनका लागिसमेत आवश्यक रहेको बताए ।
उनका अनुसार नगरपालिकाले वृक्षरोपणलाई अभियानमै रुपमा लिएको छ । हरेक नागरिकले पायक पर्ने स्थानमा वृक्षरोपण गर्न वडा अध्यक्ष कठायतले आग्रह गरेका थिए ।
रोटरी क्लब सेन्ट्रल बाँकेका वर्ष २०२५ २०२६ का अध्यक्ष गंगाराम चौलागाईंले क्लबले विभिन्न समयमा कोहलपुर क्षेत्रमा सामाजिक काम गर्दै आएको बताए । उनका अनुसार आगामी दिनमा नगरपालिकाको अभियान सफल बनाउन क्लब सहकार्य गर्न तयार छ । वृक्षरोपणमा छायादार तथा औषधीय गुण भएका विरुवा प्राथमिकतामा राखिएको थियो ।
रोटरीका सदस्यहरुले वृक्षरोपण अभियानलाई साथ दिनको लागि नियमित रुपमा वृक्षरोपण कार्य गर्दै आएका छन् । क्लबले विगत केही वर्षयता बाँकेका विभिन्न क्षेत्रमा शिक्षा,स्वास्थ्य तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । वृक्षरोपण कार्यक्रममा पूर्व अध्यक्षद्वय विश्वराम भन्डारी र किशोर कृष्ण भण्डारी, सचिव अशोकप्रसाद पोखरेल, र अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्