बागेश्वरी एकेडमीद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत



कोहलपुर ।

बागेश्वरी एकेडमी इमी स्कुलले कक्षा–११ विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । शनिबार एक कार्यक्रमकाबीच नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्कुलले स्वागत गरेको हो । स्कुलमा भर्ना भएका विद्यार्थीहरुलाई स्कुलको शैक्षिक वातावरणका बारेमा जानकारी समेत गराएको थियो ।

शैक्षिक गतिविधि सँगसँगै संस्कारसहितको शिक्षाबोध गराउन अभिमुखीकरण गराइएको स्कुलका प्रधानाध्यापक श्रीधर गोराथोकी जानकारी दिए । बागेश्वरी एकेडमीले विद्यार्थीहरु भित्र भएको क्षमताहरुको पहिचान गरेर सोहीअनुसार पठानपाठन गराइने बताए । विद्यार्थीहरुको चौतर्फी विकासको वातावरण स्कुलले तयार गरेको सकुलका सञ्चालक समितिका अध्यक्ष किशन गुरुङले जानकारी दिए ।

विद्यार्थी, अभिभावक र शिक्षकको त्रीपक्षीय सम्बन्धले गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्ने उनले बताए । कार्यक्रममा मोटिभेसन स्पिकर रविकिरणले विद्यार्थीरूलाई अनुशासन, नियमितता, सम्मान र कर्तव्यबोधसहित अध्ययनमा अघि बढ्न प्रेरणा प्रदान गरेका थिए ।

नयाँ भर्ना भएका विद्यार्थीहरु निकै उत्साहित देखिन्थे । अभिमुखीकरण कार्यक्रमले स्कुलप्रति आत्मीयता बढाएको र नयाँ परिवेशमा सहज रूपमा घुलमिल हुन सहयोग पुग्ने विश्वास लिइएको विद्यालयका शिक्षक गणेश बिष्टले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार