कोहलपुर ।
कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलका शिक्षकहरुलाई मानव अधिकारसम्बन्धी एकदिवसीय तालिम प्रदान गरिएको छ । शुक्रबार शिक्षकहरुलाई नेपाल मानवअधिकार शिक्षा समाज र नेपाल मानवअधिकार संगठनको संयुक्त आयोजनामा एकदिवसीय मानवअधिकार शिक्षा तालिम प्रदान गरिएको हो ।
स्कुलमा अध्ययन गराउने सम्पूर्ण शिक्षकहरुलाई मानव अधिकारसम्बन्धी जानकार बनाउन र त्यसले विद्यार्थीहरुको शिक्षण सिकाइमा थप सहयोग पु¥याउने स्कुलले अपेक्षा गरेको छ । शिक्षकहरुलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मानवअधिकार शिक्षा समाजबारे प्रशिक्षण दिएका हुन् । नेपालको संविधानमा मानवअधिकार उल्लेख भएपनि धेरैलाई जानकारी नभएको डा.गोविन्द ढकालले बताए ।
कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका पूर्वशैक्षिक सल्लाहकारसमेत रहेका डा.ढकालले अहिले पनि मानवअधिकार शिक्षा समाजबारे जानकारी दिन जरुरी रहेको बताए । प्रत्येक वर्ष नेपालका २२ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । जसअन्तर्गत कोहलपुर पनि एक हो । नेपाल सरकारले गर्नुपर्ने काम व्यक्तिहरुले गर्नुपरेको समेत उनले बताए ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कार्यक्रममा सहभागी भएर कानुन बनाउने कुरामा सहज हुने विश्वास लिएको बताइन् । गोरखा स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै थुप्रै काम गरेको जानकारी दिइन् । स्कुलका सञ्चालक केशर आलेले शिक्षकहरुले सिकेका कुरा विद्यार्थीहरुलाई सिकाउन समेत आग्रह गरे । संविधानले उल्लेख गरेको र अति महत्वपूर्ण रहेकाले मानव अधिकारसम्बन्धी विद्यार्थीहरुलाई समेत जानकार बनाउन जोड दिए ।









प्रतिक्रिया दिनुहोस्