सुर्खेत महिला जेसिजको सप्ताह सुरु



वीरेन्द्रनगर ।

युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा लामो समयदेखि क्रियाशिल सुर्खेत महिला जेसिजले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।
महिला जेसिजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साउन ३ (आज) गतेदेखि विविध गतिविधि सुरु भएका छन् । जसअनुसार आज बिहान ११ बजे उद्घाटनसँगै तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतियोगिताको संयोजन सिखा सोनी र भिमा शाहीले गर्नेछन् । सुर्खेत महिला जेसिजले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न भावना रानालाई मूल संयोजकको जिम्मेवारी दिएको छ । साउन ४ गते अमरज्योति माविमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछ । जसको संयोजन बसन्ता कार्कीले गर्नेछिन् ।

साउन ५ गते सोमबार दिउँसो १२ः१० बजेदेखि वीरेन्द्रनगर ११ को वडा कार्यालय भवनमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन हुनेछ । उक्त कार्यक्रमको संयोजन जेसिजका तालिम संयोजक रितु बयलकोटीले गर्नेछिन् । त्यस्तै साउन ६ गते बिहान ७ बजे पिपलचौतारामा रक्तदान कार्यक्रम र साउन ७ गते दिउँसो १२ः१० बजे वीरेन्द्रनगर १० को वडा कार्यालय भवनमा महिला उद्यमीहरुसँग अन्तक्र्रिया हुनेछ ।

नारी सम्मान कार्यक्रम साउन १० गते होटल जियानामा आयोजना गरिनेछ । रक्तदान कार्यक्रमको संयोजन निशा बुढा, महिला उद्यमीसँग अन्तक्र्रिया कार्यक्रमको संयोजन कान्ता लक्ष्मी कार्की र सुमित्रा चौधरी, नारी सम्मान तथा समापन कार्यक्रमको संयोजन स्वस्तिका बुढा र विजय गौतमले गर्ने सुर्खेत महिला जेसिज २०२५ की अध्यक्ष कमला बस्याल देवकोटाले जानकारी दिइन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार