दुई वर्षपछि वागेश्वरीमा जुँगे महादेवको प्राण प्रतिष्ठा हुने



नेपालगन्ज ।

यहाँको प्रसिद्ध शक्तिपीठ वागेश्वरीमा १५ लाख लागतमा अष्टधातुले बनेको जुँगे महादेवको मूर्ति यही साउन ५ गते सोमबार पुनःस्थापना गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार भक्तजनको सुविधालाई दृष्टिगत गरी सोही दिनदेखि पूजार्चनाका निम्ति मन्दिर खुला हुनेछ ।

२००७ सालमा बनेको संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता भएको औँल्याउँदै वागेश्वरीनजिक १०८ फिट अग्लो हनुमानको मूर्ति पनि निर्माणाधीन छ । ‘विपीचोकबाट सुरु भएर इदगाह–गुरुद्वारा–धम्बोझी– वागेश्वरी मन्दिर–घरबारीटोल–पीपलबोट–गुम्बा–त्रिवेणीमोड अब धार्मिक करिडोर बन्नेछ । नेपालगन्ज सबै धर्म मान्नेको नगर हो ।

सबै धर्मावलम्बीको धार्मिकस्थल जोडेर करिडोर बनाउँदा आपसी सद्भाव बढ्नेमा हामी विश्वस्त छौँ,’ नगरप्रमुख विष्टले भने । दुई वर्षअघि जुँगे महादेव मन्दिरको मर्मतसम्भार थालिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार