अत्यावश्यकबाहेक बिदामा नबस्न मुख्यमन्त्रीको निर्देशन



प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठक । बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अत्यावश्यकबाहेक बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।

‘सुदूरपश्चिम प्रदेश सरकार यतिबेला असोज १ र २ गते हुने लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘अत्यावश्यकबाहेक अन्य बिदामा नबस्नु होला ।’ उनले प्रदेश सरकारका प्रमुख सचिव डा. कमलप्रसाद पोख्रेललाई मातहतका निकायमा निर्देशन परिपत्र गर्न निर्देशन दिए । लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले प्रदेशमा लगानीमैत्री वातावरण बनाएर लगानीकर्तामा विश्वासको वातावरण सिर्जना हुने बताए ।

लगानी तथा विकास सम्मेलनले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि कोशेढुङ्गा सावित हुने उनको भनाइ थियो। सम्मेलनबाट पूर्वाधार विकास, पर्यटन विकास, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, कृषि तथा वन उपजमा मूल्य अभिवृद्धि, सीमा व्यापार तथा अन्तरदेशीय आर्थिक साझेदारी लगायतका क्षेत्रमा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार