कोहलपुरको न्युरोड खुला मैदानमा खुला जिम



नागरिकले खुला रूपमा जिम गरून् भन्ने उद्देश्य र गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित गरेर जिम सुरु गरिएको नगर विकास समितिले जनाएको छ । यस्तै कोहलपुर नगर विकास समितिले बालबालिकाहरूलाई लक्षित गरेरै वडा नम्बर ११ मै १० लाख रूपैयाँँ लागतमा चिल्डे«न पार्कसमेत निर्माण गरिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले नगर विकास समितिले भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बताए । उनका अनुसार पछिल्लो तीन वर्षमा ३० करोड मूल्य बराबरका संरचना निर्माण भएको छ ।

कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिकामा खुला जिम सुरु भएको छ । कोहलपुर नगर विकास समितिको अगुवाइमा पहिलोपटक खुला जिम सुरु गरिएको हो । नगर विकास समितिको लगानीमा कोहलपुर–११ स्थित न्युरोड खुला मैदानमा खुला जिम सुरु गरिएको छ । नगर विकास समितिका इन्जिनियर अम्मरबहादुर बुढाथोकीका अनुसार चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट जिम सञ्चालन गरिएको हो ।

नगर विकास समितिले खुला जिम सञ्चालनका लागि दश लाख विनियोजन गरेको थियो । उनले कोटेशनमार्फत जिम सञ्चालन गरिएको बताए ।
कोटेशनमार्फत जिम सञ्चालनको जिम्मा जेके विजनेश ग्रुप प्राइभेट लिमिटेडले लिएको छ । लिमिटेडले १० लाखमा विभिन्न सामग्री खरिद गरेर सञ्चालन भइसकेको छ । कूल बजेटमध्ये ९ लाख ५० हजार रूपैयाँँ मूल्यको सामग्री खरिद गरिएको छ ।

५० हजार रूपैयाँँ सामग्री ढुवानीमा खर्च भएको कोहलपुर नगर विकास समितिले जनाएको छ । ‘चालू आर्थिक वर्षको बजेटबाट खुला जिम सुरु गरिएको हो । कोहलपुरमा पहिलोपटक खुला जिम सुरु गरिएको छ । यो आम नागरिकलाई पहुँच पुगोस् भनेर सुरु गरेका छौँ,’ इन्जिनियर बुढाथोकीले मिसन टुडेसँग भने । नागरिकले खुला रूपमा जिम गरून् भन्ने उद्देश्य र गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित गरेर जिम सुरु गरिएको नगर विकास समितिले जनाएको छ ।

यस्तै कोहलपुर नगर विकास समितिले बालबालिकाहरूलाई लक्षित गरेरै वडा नम्बर ११ मै १० लाख रूपैयाँँ लागतमा चिल्डे«न पार्कसमेत निर्माण गरिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले नगर विकास समितिले भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बताए । उनका अनुसार पछिल्लो तीन वर्षमा ३० करोड मूल्य बराबरका संरचना निर्माण भएको छ । यसैगरी, कोहलपुर नगरपालिकाले समेत खुला जिम निर्माणको काम गरिरहेको छ ।

कोहलपुर नगरपालिकाको लगानीमा कोहलपुर–२ स्थित सिद्धि विनायक सामुदायिक वनमा खुला जिम निर्माण भइरहेको हो । कोहलपुर नगरपालिकाका इन्जिनियर प्रवीण बस्नेत खुला जिमको लागि नगरपालिकाले १५ लाख रूपैयाँँ विनियोजन गरेको बताए । तर ठेक्का प्रक्रियामार्फत १० लाख लागतमा जेके विजनेश ग्रुप प्राइभेट लिमिटेडले नै जिम निर्माणको कार्य गरिरहेको छ ।

चालू आर्थिक वर्षमै सञ्चालन गर्ने गरेर काम भइरहेको इन्जिनियर बस्नेतले बताए । यता कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले आगामी आर्थिक वर्षमा कोहलपुरका सम्पूर्ण वडामा जिम निर्माणको कार्य सुरु गर्ने बताएका छन् । नागरिकहरूको आवश्यकता र मागलाई सम्बोधन गर्दै क्रमशः सबै वडामा जिम विस्तार गर्ने उनले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार