बर्दियाका सुरेशको शव भेटियो, चारजना अझै बेपत्ता



कोहलपुर (बाँके) ।

असार २४ गते रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलाबाट आएको बाढीमा बेपत्ता भएका बर्दियाका एक युवाको शव फेला परेको छ । बाढी गएको पाँच दिनपछि बाढीमा परेर बेपत्ता भएका बारबर्दिया– ९ का ३० वर्षीय सुरेश थारूको शव फेला परेको हो । शनिबार जिल्ला प्रशासन कार्यालय रसुवाले जारी गरेको विज्ञप्तिअनुसार अझै १४ जना बेपत्ता छन् ।

तीमध्ये सुरेश थारूको शव सनाखत भएको जनाइएको छ । अझै बर्दियाकै बारबर्दिया– १० का ३८ वर्षीय जीपन भन्ने जीप्पन थारू, सोही वडाका २५ वर्षीय बुद्धिराम थारू, ३५ वर्षीय सन्तोष दहित र बढैयाताल–६ का २४ वर्षीय लक्ष्मीनारायण थारू बेपत्ता छन् ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीमा तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढीले वितण्डा नै मच्चाएको थियो । सोही बाढीमा परेर रसुवामा हाइड्रो पावरमा काम गरिरहेका बर्दियाका युवासमेत बेपत्ता भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार