७९ वटा पशुचौपाया नियन्त्रणमा



नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रका बेवारिसे पशुचौपायालाई नियन्त्रणमा लिएर काञ्जीहाउसमा व्यवस्थापन गरेको छ । बजार क्षेत्रमा बेवारिसे छोडिएका ७९ वटा पशुचौपायालाई नियन्त्रणमा लिएर वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउसमा बन्द गरिएको हो ।

ती मध्ये ४८ वटा गाई–गोरु र बाच्छा–बाच्छी तथा ३१ वटा घोडा–खच्चड रहेका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए । बजारमा बेवारिसे पशुचौपायाको सङ्ख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेपछि नियन्त्रणमा लिइएको बोगटीले बताए । बोगटीका अनुसार ट्राफिक चोकदेखि राँझा चोक तथा बजार क्षेत्रभित्र सडकमा रहेका पशुचौपायालाई नियन्त्रणमा लिइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार