हात्तीको आक्रमणबाट महिलाको मृत्यु



कोहलपुर ।

हात्तीको आक्रमणमा परी बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानी ४५ वर्षीया पूर्णिमा बुढाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब नौ बजेतिर घाँस काट्न र च्याउ टिप्ने उद्देश्यले नजिकैको बर्दिया निकुञ्जको जङलमा गएको बेला हात्तीको समूहले आक्रमण गर्दा बुढाको मृत्यु भएको हो ।

अन्य दुई जनाले भागेर ज्यान जोगाउन सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । बुढा भाग्न नसक्दा हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बुढाको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार