राष्ट्रिय खेलकुद सम्मान तथा खेलकुद पत्रकारिता पुरस्कार प्रदान



काठमाडौँ ।

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८२ तथा खेलकुद पत्रकारिता पुरस्कार सोमबार एक समारोहका बीच वितरण गरिएको छ । यस वर्ष राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक गरी विभिन्न ९ जनालाई सम्मान गरिएको छ । उनीहरूलाई जनही १ लाख रूपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

सम्मानित हुनेमा मानमती विष्ट (कबड्डी), प्रेमबहादुर लिम्बु (तेक्वान्दो), वीरबहादुर महरा (तेक्वान्दो), अनुजा कुलुङ राई (कबड्डी), दिपा शाही (फुटबल), भरतसिंह महता (पारा तेक्वान्दो), कविराज नेगी लामा (पारा तेक्वान्दो प्रशिक्षक), राजु डंगोल महर्जन (खेल चिकित्सक) र धनकुमार मैनाली (खेल निर्णायक) रहेका छन् ।

त्यस्तै, खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार श्रीलोचन राजोपाध्याय (नयाँ पत्रिका)लाई खेलकुद पत्रकारिता सम्मान प्रदान गरिएको छ । उक्त सम्मानको राशी ५० हजार रूपैयाँ रहेको छ ।

साथै, खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारअन्तर्गत विभिन्न प्रदेशका ९ जना पत्रकारलाई जनही २५ हजार रूपैयाँसहित सम्मान गरिएको छ । सम्मानित पत्रकारहरूमा मुकुन्द घिमिरे (कोशी), शरदचन्द्र भट्टराई (मधेश), विक्रमकुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), स्वस्तिक श्रेष्ठ (लुम्बिनी), दिनेशकुमार बुढा (कर्णाली), दिनेशबहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) र रुपा गहतराज (समावेशी) रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार