काठमाडौँ ।
राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री तेजुलाल चौधरी र सचिव डा हरिप्रसाद लम्सालले खेलकुद नीति सार्वजनिक गरेका हुन् । राष्ट्रको खेलकुद नीतिमा सबैलाई समेट्ने प्रयासस्वरुप यो नीति सार्वजनिक भएको सचिव लम्सालले जानकारी दिए ।
यो नीति गत असार ९ गते मन्त्रिपरिषद्बाट पारित भएको थियो । मन्त्री चौधरीले नेपालको खेलकुद क्षेत्रमा नीतिगत समन्वय, स्पष्ट अधिकार, पूर्वाधारको समान पहुँच, समावेशी सहभागिता, खेलकुद क्षेत्रको व्यवसायीकरणको खाँचो तीव्र रूपमा महसुस भएकाले यो नीति ल्याइएको बताए ।
‘मुख्य उद्देश्य भनेको संघ, प्रदेश र स्थानीय तहसम्मै प्रष्ट रूपले जिम्मेवारी र समन्वय सहितको मार्ग तयार गर्नु हो,’ मन्त्री चौधरीले भने । नीतिमा ६ वटा उद्देश्य, १४ वटा नीति, २३ वटा रणनीति र तिनै आधारमा बनाइएको ९२ वटा कार्यनीतिहरू समावेश छन् । यो नीति सार्वजनिक भएसँगै यसअघिको खेलकुद नीति २०६७ खारेज भएको छ ।









प्रतिक्रिया दिनुहोस्