नेपालगन्जमा खुल्यो स्लिम सेन्टर



नेपालगन्ज ।

नेपालगन्जमा पहिलोपटक स्लिम सेन्टरसहितको युनिसेक्स सलुन सञ्चालनमा आएको छ । प्रसिद्ध मेकअप आर्टिस्ट शिलास्मा हमालले काठमाडौँमा रहेको विधांशी युनिसेक्स सलुन, स्लिमिङ सेन्टर एण्ड एकेडेमीको शाखा सञ्चालनमा ल्याएकी हुन् । सलुनको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे ।

सलुनमा शरीरको अनावश्यक बोसो घटाउने र शरीर स्लिम बनाउने कोरियन प्रविधिमा आधारित अत्याधुनिक मेसिनहरू रहेका हमालले जानकारी दिइन् । उनले स्लिम सेन्टरसहितको सलुन नेपालगन्जका लागि पहिलो भएको बताइन् । उक्त प्रविधिको कुनै साइड इफेक्ट नरहेको हमालको भनाइ छ ।

यसैगरी सलुनमा सबै किसिमका मेकअप र हेयरसम्बन्धी सुविधा रहेका र मेकअप आर्टिस्टसम्बन्धी तालिमको पनि सुविधा रहको जानकारी हमालले दिएकी छन् । ब्यांङककबाट मेकअप आर्ट अध्ययन गरेकी हमाल ब्युटियिसन प्रतिस्पर्धा २०१८ र मलेसियामा भएको अन्तर्राष्ट्रिय मिस टुरिज्म प्रतिस्पर्धा २०२० की विजेता समेत हुन् । उनले सलुनमा गरिब तथा विपन्न समुदायका २० जना महिलालाई निःशुल्क मेकअप आर्टको तालिम दिने पनि जानकारी दिएकी छन् ।

त्यसरी तालिम दिइएकाहमध्ये उत्कृष्टलाई रोजगारीको अवसर पनि प्रदान गरिने हमालले बताएकी छन् । इच्छुकहरूले नागरिकता र चारप्रति फोटोसहित नेपालगन्ज सेतुविक चोकस्थित सलुनमा सम्पर्क राख्न उनले आग्रह गरेकी छन् । सलुनको उद्घाटन गर्दै नगर प्रमुख विष्टने अत्याधुनिक प्रविधिसहितको सुविधा नेपालगन्जमा भित्रनु स्थानीय सरकारका लागि पनि गर्वको विषय भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार