नाबालिकामाथि बलात्कार गर्नेलाई १८ वर्ष कैद



User Comments

बर्दिया ।

एक नाबालिकामाथि भएको बलात्कार मुद्दामा एक युवकलाई १८ वर्षको कैद फैसला भएको छ । बर्दिया जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले बारबर्दिया नगरपालिका– २ का २० वर्षीय विकास थारूलाई १८ वर्ष कैद सजाय, ७ लाख रूपैयाँँ जरिवाना, ५० हजार रूपैयाँँ क्षतिपूर्ति र २८ हजार रूपैयाँँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला सुनाएको हो ।

बर्दिया जिल्ला अदालतकी सूचना अधिकारी अमृता केसीले १३ वर्ष २ महिना ६ दिनकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा थारूलाई दोषी ठहर गर्दै उक्त सजाय भएको बताइन् । थारूले २०८० फागुन १८ गते नाबालिकामाथि बलात्कार गरेको अभियोग थियो ।

पीडितले फागुन २० गते जिल्ला प्रहरी कर्यालय बर्दियामा किटानी जोहरी दिएपछि सोही दिन थारू पक्राउ परेका थिए । यो बीचमा उनी पूर्पक्षका लागि थुनामा पठाइएका थिए । यो बलात्कार मुद्दामा असार १२ गते अदालतले अन्तिम फैसला सुनाएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार