उत्कृष्ट माध्यमिक विद्यालय प्रमाणपत्र जिभिएनलाई



नेपालगन्ज ।

नेशनल एकजुकेशन एक्सिलेन्स अवार्ड २०२५ अन्तर्गत नेपालको उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा जि.भि.एन मावि नेपालगन्जलाई उत्कृष्ट प्रमाणपत्र प्रदान गरिएको छ । फोकस नेपालद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा विद्यालयलाई नेपालको उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा उत्कृष्ट प्रमाणपत्र प्रदान गरिएको हो ।

विद्यालयले प्रदान गरेको शैक्षिक गतिविधिको उच्च मूल्यांकन गर्दै विद्यालयलाई नेपालको मावि विद्यालय उत्कृष्ट पुरस्कार प्राप्त गरेको हो । विद्यालयको निष्ठा, परिश्रम र शैक्षिक उत्कृष्टताको प्रमाणपत्रसमेत रहेको विद्यालयले जनाएको छ ।

सम्मानले विद्यालयलाई आगामी दिनहरूमा उच्च लक्ष्यतर्फ अघि बढ्न र समर्पणका साथ काम गर्न प्रेरणा दिएको विद्यालयले जनाएको छ । उपलब्धि केबल एक पुरस्कारमात्र नभई शिक्षक, अभिभावक, कर्मचारी, शुभचिन्तकको निरन्तर समर्पण, समर्थन र विश्वास रहेका कारण विद्यालयले उत्कृष्टता हासिल गरेको विद्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार