कोहलपुर ।
वेस्टन ईमी स्कुलले मुटुलगायत समस्याले ग्रसित बैजनाथ गाउँपालिका–६ ‘एच’ गाउँकी १८ वर्षिया आशिका योगीलाई आर्थिक सहयोग गरेको छ । विगत केही समयदेखि उपचाररत रहेकी उनको उपचारका लागि बुधबार हिमालय निकेतनका शिक्षक श्याम कँुवरलाई आर्थिक हस्तान्तरण गरिएको हो ।
हिमालय निकेतनमा अध्ययनरत योगीको उपचारमा थोरै भएपनि सहायता मिल्ने विश्वासका साथ आर्थिक सहयोग गरिएको प्रधानध्यापक उमेश क्षेष्ठले बताए । विद्यालय परिवारको तर्फबाट उठाएको ४७ हजार ४ सय ३० रूपैयाँ नगद शिक्षक कुवरलाई हस्तान्तरण गरेको जानकारी दिए ।
मुटु रोगले ग्रसित योगीको उपचारका लागि विद्यालयले अहिले आर्थिक संकलन अभियान थालेको हिमालय निकेतन स्कुलका शिक्षक श्याम कुवरले जानकारी दिए ।
पैसाको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले विद्यालय र व्यक्तिहरूबाट आर्थिक संकलन भइरहेको उनको भनाइ छ।परिवार पनि आर्थिक रूपमा कमजोर रहेकाले उनलाई बचाउन सक्दो आर्थिक सहायताका लागि सबैबाट अपेक्षा गरेको बताए। अहिलेसम्म धेरै जनाले आर्थिक सहयोग गरेको र अन्य व्यक्तिहरूले पनि गर्नेमा विश्वास लिएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्