जाजरकोटमा लगातार दुई शनिबार बजार बन्द हुने



जाजरकोट ।

जिल्ला उद्योग वाणिज्य संघ जाजारकोटले लगातार दुई शनिबार बजार बन्द गर्ने निर्णय गरेको छ । संघको १८औँ वार्षिक साधारणसभाले प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार अर्थात् लगातार दुई शनिबार सदरमुकाम खलङ्गा बजार बन्द गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीका अनुसार पहिलो चरणमा भेरी नगरपालिकाभित्रका बजारका पसलहरू बन्द गरिनेछन् । सो निर्णय ३१ जेठको शनिबारबाट लागु गरिएको छ ।

व्यवसायीहरूकै मागअनुसार यस्तो निर्णय गरिएको उनले बताए । व्यवसायीहरूले उद्योग वाणिज्यलाई महिनामा दुई दिन फुर्सद चाहियो बजार बन्द गर्ने निर्णय गरिदिनुप¥यो भनेर आह्वान गरेपछि उक्त निर्णय गरिएको उनको भनाइ छ । व्यापारीको मागबमोजिम पसलमै पुुगेर २०६ व्यवसायीको हस्ताक्षर गरेर बजार बन्द गर्ने निर्णय गरिएको हो ।

बन्दको समयमा होटल र मेडिकल भने सञ्चालन गर्न पाइनेछ भने तरकारी पसलहरू बिहान ८ बजेसम्म र बेलुका ५ बजेपछि मात्रै खोल्न पाइने व्यवस्था गरिएको अध्यक्ष केसीले बताए । तोकिएका पसलबाहेक नियमविपरीत अन्य पसल खोलेमा पहिलोपटक ५०० रूपैयाँँ, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार ५०० सय रूपैयाँँ जरिवाना गरिने उद्योग वाणिज्य संघले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १ गते आइतबार