रूकुम पश्चिम ।
रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा माध्यमिक विद्यालयका प्रधानाध्यापक र अपांग भएका व्यक्तिहरूको सहभागितामा आधारित कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
मानव विकास तथा सामुदायिक सेवाअन्तर्गत राइजअप परियोजना चौरजहारीको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । मालिका सिद्धार्थको सभाहलमा भएको कार्यक्रममा लैंगिक समानता एवम् अपांगताका क्षेत्रमा विगत लामो समयदेखि कार्यरत युनाइटेड मिसन टु नेपालका एडभाइजर तथा अपांगता क्षेत्रका बारेका पुस्तक लेखक बीरबहादुर बस्यालले गोष्ठीको सहजीकरण गरेका थिए ।
गोष्ठीमा अपांगता भएका व्यक्ति, अपांग शिक्षक, विभिन्न राजनीतिक दलका प्रमुखहरू तथा समुदायका लागि बनेका नीति नियम, ऐन, कानुन कार्यान्वयनको अवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, विद्यालयले अपांगता भएका विद्यार्थीमा गर्ने सकारात्मक कार्य, भौतिक तथा संरचनागत अवरोध, अपांगता र कार्यगत सीमिततामा वातावरणको प्रभाव लगायतका बारेमा छलफल गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्