ओभरी क्षेत्रका महिलाहरूको जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले मध्यबिन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र तराई भू–परिधि कार्यक्रम तालको सहयोगमा १५ दिने बाजा बजाउने तालिम प्रदान गरेको थियो । तालिमपछि उपभोक्ता समितिका महिलाहरूको जीविकोपार्जनको स्रोत पन्चेबाजा बनेको छ । उनीहरूले तालिम नलिदाँसम्म उक्त क्षेत्रका गाउँमा विवाह, पूजा लगायतका कार्यमा बाजा बजाउने मानिस नै नपाइने अवस्था थियो । गाउँमा आवश्यक पर्दा टाढाबाट बाजा बजाउने मानिस ल्याउनुपर्ने बाध्यता अहिले हटेको छ । सबै ठाउँबाट समितिका महिलाहरूलाई हौसला मिलेको देख्दा खुसी लाग्ने अध्यक्ष बिष्टले बताइन् ।पवित्रा परियार । राप्ती सोनारी (बाँके) ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ ओभरीका महिलाहरूलाई पछिल्लो समयमा पन्चेबाचा बजाउन भ्याइनभ्याई छ । गाउँघरमा हुने विवाह, पूजालगायतका शुभकार्यससहित मेला महोत्सवका कार्यक्रमहरूमा महिलाहरूको व्यवस्ता बढेको हो । संस्कृति संरक्षण र पन्जेबाजा संरक्षण गर्ने उद्देश्यले नौमती पन्चेबाजा संरक्षण समिति गठन गरिएको छ । उक्त समूहमार्फत् महिलाहरू स्थानीयस्तरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । आफ्नो मौलिक भेषभूषामा सजिएर मेला महोत्सवमा नौमती पन्चेबाजा बजाउन जाने गरेको समितिकी अध्यक्ष भिमा बिष्ट बताउँछिन् ।
भिमाका अनुसार गाउँघरमा हुने विवाह, पूजा, व्रतबन्धलगायतका शुभकार्यमा समूहले सहभागिता जनाउने गरेको छ । समूहमा आबद्ध महिलाहरूको माग उच्च रहेको उनको भनाइ छ । आफ्नो सीपको सदुपयोगका साथै आम्दानीसमेत हुने भएकोले जीविकोपार्जनमा सहयोग पुगेको अध्यक्ष विष्टले बताइन् । समितिमा १४ जना महिला आबद्ध छन् । सबैले पन्जेबाजा बजाउन सिकेका छन् ।
बाजा बजाउन सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै गाउँघरमा हुने विवाह, पूजा लगायतका धार्मिक कार्यमा सहजता भएको उनको भनाइ छ । पन्जेबाजा बजाउने सीप ग्रामीण क्षेत्रका महिलाहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ । जसबाट उनीहरू आत्मनिर्भर बनिरहेका छन् । अध्यक्ष बिष्ट भन्छिन्, ‘पहिला हामी वनमा आश्रित थियौँ । धेरैको दैनिकी चुलोचौकोमा सीमित थियो । अहिले सीप सिकेपछि पन्जेबाजा आम्दानीको स्रोत भएको छ ।’
ओभरी क्षेत्रका महिलाहरूको जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले मध्यबिन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र तराई भू–परिधि कार्यक्रम तालको सहयोगमा १५ दिने बाजा बजाउने तालिम प्रदान गरेको थियो । तालिमपछि उपभोक्ता समितिका महिलाहरूको जीविकोपार्जनको स्रोत पन्चेबाजा बनेको छ । उनीहरूले तालिम नलिदाँसम्म उक्त क्षेत्रका गाउँमा विवाह, पूजा लगायतका कार्यमा बाजा बजाउने मानिस नै नपाइने अवस्था थियो । गाउँमा आवश्यक पर्दा टाढाबाट बाजा बजाउने मानिस ल्याउनुपर्ने बाध्यता अहिले हटेको छ । सबै ठाउँबाट समितिका महिलाहरूलाई हौसला मिलेको देख्दा खुसी लाग्ने अध्यक्ष बिष्टले बताइन् ।
समितिकी सहसचिव दिपा बस्नेतका अनुसार समितिका महिलाहरू पन्चेबाजा बजाउन कै लागि जिल्लाका विभिन्न स्थानमा पुगिसकेका छन् । विवाह पूजा, महोत्सव लगायतका कार्यमा एकदिन बाजा बजाएर करिब २० देखि ५० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको उनी बताउँछिन् । ‘सिजनमा एकदमै बढी माग आउँछ । दाङ, धनगढी, बर्दिया लगायतका जिल्लासम्म पुगिसकेका छौँ । बाजा बजाएर भएको आम्दानीले नै घरखर्च चलाउने गरेका छौँ,’ सहसचिव बस्नेतले भनिन् । यतिमात्रै होइन उनीहरूले पन्जेबाजाबाट प्राप्त आम्दानीको केही हिस्सा बचतसमेत गर्ने गरेका छन् ।
मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर बिष्टले वनमा आश्रित स्थानिय महिलाहरूलाई स्वरोजगार बनाउन तालिम प्रदान गरिएको बताए । पन्चेबाजा संरक्षण गर्न मध्यबिन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको प्राविधिक सहयोग र तराई भू–परिधि कार्यक्रम तालको ५ लाख ६० हजार आर्थिक सहयोगमा तालिम प्रदान गरिएको उनले बताए ।
उनी भन्छन्, ‘हाम्रो लोप हँुदै गएको बाजाहरूको संरक्षण भएको छ । सीप सिकेर यहाँका महिला आत्मनिर्भर भएका छन् । पुरुषले मात्र बजाउने बाजा बजाएर महिलाले मनग्य आम्दानी गरिरहेका छन् ।’ पन्जेबाजा बजाउने माग अहिले बाँके जिल्ला मात्रै नभएर बाहिरका जिल्लाबाट समेत हुन थालेको छ । समितिलाई दाङ, बर्दिया, कैलालीलगायत धेरै जिल्लाहरूबाट धेरै माग आउने गरेको छ ।
तराई भू–परिधि कार्यक्रम तालले वन र वन्यजन्तु संरक्षणसँगै मानिस र प्रकृतिबीच सह–अस्तित्व भविष्य निर्माण गर्नको लागि मध्यवर्ती तथा बफरजोनमा बसोबास गर्ने स्थानीय आमनागरिकहरूलाई स्वरोजगार बनाउनका निम्ति विभिन्न सीपमूलक तालिमका लागिसमेत सहयोग गर्दै आएको छ । तराई भू–परिधि कार्यक्रम तालले अहिले १९ वटा जिल्लामा काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्