नेपालगन्जमा बजाज ग्रान्ड एक्सचेन्ज मेला हुँदै



बाँके ।

नेपालगन्ज क्षेत्रका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता पानस मोटर्सले बजाज ग्रान्ड एक्सचेन्ज मेला गर्ने भएको छ । पानस मोटर्सले सेवाग्राहीको मागलाई ध्यानमा राखेर यही जेठ २५ गतेदेखि ३० गतेसम्म बजाज ग्रान्ड एक्सचेन्ज मेला गर्न लागेको हो । एक्सचेन्ज मेलाको तयारी तिव्र पारिएको पानस मोटर्सका सेल्स म्यानेजर केशव थापाले जानकारी दिए ।

उनका अनुसार बजाज ग्रान्ड एक्सचेन्ज मेला नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रको अगाडि आयोजना हुनेछ । एक्सचेन्ज मेलामा विभिन्न अफरहरू समेत राखिएको पानस मोटर्सका सेल्स म्यानेजर थापाले मिसन टुडेलाई जानकारी दिए । ‘एक्सचेन्ज मेलाको तयारी धमाधम भइरहेको छ’ उनले भने, ‘मेलामा आएर सेवा लिनेहरूका लागि अफरैअफर ल्याइएको छ ।’

‘बाइक लैजाउँ मात्रै नागरिकताको भरमा’ भन्ने मुल नाराका साथ हुन गइरहेको बजाज ग्रान्ड एक्सचेन्ज मेलामा शुन्य सर्भिस चार्ज, राजस्व छुट, नगद छुट लगायतका अफरहरू रहेका छन् । सेल्स म्यानेजर थापाका अनुसार मेलामा आफूसँग भएका कुनै पनि कम्पनीका पुराना मोटरसाइकल ल्याएर बजाजका नयाँ मोटरसाइकल चढेर जान सक्नेछन् ।

एक्सचेन्जमा मूल्यांकनभन्दा थप १० हजार रूपैयाँ बढी दिने पानस मोटर्सले जनाएको छ । मोटरसाइकल सर्भिसमा शुन्य चार्ज, मेलास्थलमै फाइनान्सको सुविधा, आर्थिक वर्ष २०८२–०८३ को राजस्व, ६ हजार रूपैयाँ नगद छुट, हेलमेट, लेकगार्ड, सिट कभर, बाइक कभर र झोला निःशुल्क उपलब्धता गराइने सेल्स म्यानेजर थापाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार