कोहलपुर ।
बाँकेको कोहलपुर–८ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयको क्याप्टेनमा कक्षा ९ मा अध्ययरनत छात्र भिमबहादुर बस्नेत निर्वाचित भएका छन् । विद्यालयमा शुक्रबार भएको निर्वाचनमा १ सय ४५ मत प्राप्त गरी विद्यालय क्याप्टेनमा बस्नेत निर्वाचित भएका हुन् । सो निर्वाचनमा पंकज बिकले ८९, सिर्सा थापाले ५५ र पुष्पा नेपालीले २१ मत प्राप्त गरेका थिए ।
विद्यालयमा प्रजातान्त्रिक विधि र प्रक्रियाबाट विद्यार्थीहरूको अभिमतबाट नेतृत्व छनौट गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले बताएका छन । साथै विद्यालयको सामाजिक विषयमा निर्वाचनसम्बन्धी विषय वस्तुलाई ध्यान राखी विद्यार्थीहरूको मतदानबाट विद्यालय क्याप्टेन छनौट गरिएको विद्यालयका प्रधानाध्यापक बिशाखर जैसीले बताए ।
यसका साथै विद्यार्थीहरूलाई आवधिक निर्वाचन, निर्वाचन प्रक्रिया, मतदान जस्ता प्रक्रियाबाट नेतृत्व छनौट हुने जस्ता पक्षमा विद्यार्थीहरूलाई जानकारी दिन विद्यालयमा निर्वाचनका गतिविधिहरू गरिँदै आइरहेको विद्यालयका सहायक प्रधानाध्यापक बेगबहादुर थापाले बताए । उक्त निर्वाचनमा विद्यालयमा अध्ययरनत कक्षा ६ देखि १० सम्मका ३ सय १२ जना विद्यार्थीहरूले मतदान गरेका थिए भने दुई वटा मत बदर भएका थिए ।









प्रतिक्रिया दिनुहोस्