निर्मलाको ‘हाट’ उपन्यास सार्वजनिक



नेपालगन्ज ।

उपन्यासकार निर्मला केसी बिएमको ‘हाट’ उपन्यास सार्वजनिक भएको छ । उपन्यासकार बिएमको दोस्रो उपन्यास नेपालगन्जमा एक विमोचन कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो ।

सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्ज बाँकेको आयोजनामा भएको विमोचन कार्यक्रममा वरिष्ठ आख्यानकार सनत रेग्मीले उपन्यासको विमोचन गरे । पुस्तक विमोचन गर्दै रेग्मीले हाटको विषयवस्तु नेपाली समाजको इतिहाससँग जोडिएकाले उपन्यास महत्वपूर्ण हु्ने अपेक्षा व्यक्त गरे ।

सोही कार्यक्रममा उपन्यासमाथि टिप्पणी व्यक्त गर्दै समीक्षक चरित्र शाहले उपन्यास चखलाग्दो रहेको बताइन् । कार्यक्रममा नव चेतना पत्रिकाको चौथो अङ्कको लोकार्पण पनि गरिएको थियो ।

सिर्जना कला साहित्य प्रतिष्ठानका अध्यक्ष शशीराम कार्कीको अध्यक्षता तथा आख्यानकार रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, वरिष्ठ शायर अब्दुल लतीफ शौक एवम् लेखकहरू गणेश जिसी, जनार्दन आचार्य, खगेन्द्र गिरी कोपिला, ईश्वरी रिजाल, डा.पुष्कर रिजाल, कल्पना पौडेल जिज्ञासु, सुमित्रा न्यौपाने, कपिल अञ्जान, बिपी अस्तु लगायतको पनि सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार