बुटवलमा ट्रायम्फ मोटरसाइकल बिक्री सुरु



बुटवल ।

बुटवलको कालिकानगरबाट ट्रायम्फ मोटरसाइकल बिक्री थालिएको छ । शुक्रबार शाखा शुभारम्भसँगै बिक्री सुरु गरिएको हो । फरकफरक दुई मोडलका मोटरसाइकल बिक्री गर्नेगरी बस्याल अटोमोबाइल्स प्रालिले बुटवलको कालिकानगरमा शाखा सञ्चालनमा ल्याएको हो । नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले २०८१ को भदौमा काठमाडौँमा नाडा अटो शोमा यी मोटरसाइकल सार्वजनिक गरेको थियो । कम्पनीले ट्रायम्फ स्पीड ४ सय र स्क्रयाम्बलर ४ सय गरी दुई मोडलका मोटरसाइकल बिक्री गरिने कम्पनीका अध्यक्ष गोपालप्रसाद बस्यालले बताएका छन् ।

बस्यालका अनुसार नेपाली बजारमा ट्रायम्फ स्पीड ४ सयको मूल्य ६ लाख ३४ हजार ९ सय र स्क्रयाम्बलर ४ सय एक्सको मूल्य ६ लाख ८९ हजार ९ सय रहेको छ । बजाजले भारतमा उत्पादन गरको ट्रायम्फ ४ सय सिरिज भारतबाट विभिन्न ५० भन्दा धेरै देशहरूमा निर्यात गर्र्दै आएको छ । कम्पनीले दिएको जानकारीअनुसार ट्रायम्फ ४ सय सिरिजमा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान छ ।

दुवै मोडलका दुवै मोटरसाइकलको समान फिचरहरू रहेको र ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरसमेत छन् । मोटरसाइकलमा ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्टुमेन्ट क्लस्टर, यूएसबी टाइप ‘सी’ चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर यी मोटरसाइकलमा छन् ।

मोटरसाइकल लन्च कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले व्यवसाय गर्नु मात्रै ठूलो विषय नभएको बताउँदै व्यवसायलाई सही ढंगले चलाएर उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउने विषय ठूलो भएको बताए । मोटरसाइकल सुरक्षित र भरपर्दो हुनुपर्ने बताउँदै खरिदपछि उपभोक्ता तथा ग्राहकले समस्या नभोग्ने गरी यसको सर्भिस सहज रूपमा दिने व्यवस्था मिलाउन उनले सुझाव दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेयले मोटरसाइकल खरिद गर्ने ग्राहकलाई मोटरसाइकल चलाउँदा सुरक्षाका हिसाबले भरपर्दो हेलमेट लगाउनु पर्छ भन्ने विषयमा कम्पनीले जानकार गराउन सुझाव दिए । उनले मोटरसाइकल दुर्घटना हुँदा हेलमेट कमजोर भएका कारण धेरैले ज्यान गुमाएको स्मरण गर्दै मोटरसाइकल बिक्री गर्दा कम्पनीले टाउकोलाई सुरक्षित गराउन सक्ने खालको हेल्मेट दिनपर्नेमा जोड दिए ।

बिक्री प्रवन्धक तथा प्राविधिक सागर थापा क्षेत्रीले अन्य कम्पनीका मोटरसाइकलभन्दा यो कम्पनीका माटेरसाइकल भरपरर्दो भएको उल्लेख गर्दै मोटरसाइकलप्रति बढ्दो आर्कष्ण रहेको बताए । उनले सुरक्षाको हिसाबले पनि राम्रो र उस्तै बलियो भएको बताउँदै उनले यी मोटरसाइकलको उकालो र ओरालोमा गियर चेन्ज नगरेपनि एउटै रेसमा चल्ने दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार