प्रकृतिको उपहारको रूपमा सृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी,रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरू हेर्न पाइन्छ । ताल तालको मात्रामा सीमित छैन यहाँको स्वच्छ वातावरण र सफा तालले पर्यटकहरूलाई लोभ्याइरहेको छ । यसको वरिपरी विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
खगेन्द्र दाहाल । मुगु ।
मुगुको छायाँनाथ नगरपालिकामा पर्ने राराताल अवलोकन गर्न आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हेर्न र त्यहाँको मनोरम दृश्य अवलोकन गर्न कोभिड समयपछि पहिलो पटक आन्तरिक पर्यटकको घुइँचो लागेको हो । पर्यटकहरू हवाई तथा स्थल मार्ग प्रयोग गरेर राराताल पुगिरहेका छन् । राराताल पुग्नुअघि घोडाको सवार पर्यटकको लागि थप आकर्षक बनेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना ४५० जना अभिकर्ताहरूलाई रारा घुमाउने योजना बनाए अनुरूप १६ वैशाख गतेदेखि हवाई मार्ग हुँदै घोड सवारी गरी रारा अवलोकन गराइरहेको छ । होलिडेटीप नेपाल ट्राभल एण्ड टुरको व्यवस्थापनमा राराको सर्भिस पार्टनर भिजिट कर्णाली ट्राभल प्रालिले उक्त भ्रमणको समायोजन गरिरहेको छ ।
होलिडेटीप नेपाल ट्राभल एण्ड टुरका प्रबन्ध निर्देशक रोहित कार्कीले दैनिक रूपमा पाहुनालाई रारामा स्वागत गरिरहेको बताए । उनका अनुसार रारामा पाइने अर्गानिक खानेकुरा र तालको मनोरम दृश्यले पर्यटकहरूलाई लोभ्याउने गरेको छ । ‘रारा आउन जो कोही पनि चाहनु हुन्छ, पछिल्ला दिनमा रारामा आउने पाहुनालाई आउन, जान, बस्न र खानाको राम्रो व्यवस्थापन गरिएकाले पनि दैनिकजसो हाम्रो सम्पर्कमा आएर पनि राराको आनन्द लिइरहनु भएको छ ।’ उनले भने ।
राराताल समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । यसैमा पनि अहिले गाडी र घोडाको सवारीले सहजै रारा पुग्न सकिन्छ ।
१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको लम्वाइ ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ ।
रारातालको गहिराइ १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा सृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरू हेर्न पाइन्छ । ताल तालको मात्रामा सीमित छैन यहाँको स्वच्छ वातावरण र सफा तालले पर्यटकहरूलाई लोभ्याइरहेको छ ।
यसको वरिपरी विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारामा रमाउन बालबालिकादेखि वृद्धहरू समेत पुगिरहेका छन् । दैनिक १ सय बढी आन्तरिक पर्यटकहरू रारा पुगिरहेका छन् ।












प्रतिक्रिया दिनुहोस्