नेपालगन्ज ।
नेकपा एमालेको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ राष्ट्रिय अधिवेशन नेपालगन्जमा सुरु भएको छ ।
शनिबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरको अधिवेशन आइतबारसम्म हुनेछ । अधिवेशनले संगठनको नेतृत्व नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि संगठनका वर्तमान अध्यक्ष सराज अहमद फारुकी, संगठनका इन्चार्ज मो. हारुन कादरी र राज मोहम्मद आकांक्षी रहेका स्रोतले जनाएको छ । जसमा फारुकीलाई पदमा दोहो¥याउन पार्टीको नेतृत्व तयार नरहेकोले उनले दाबेदारी नगर्ने सम्भावना रहेको स्रोतले जनायो ।
राज मोहम्मदका पक्षमा भन्दा हारुनका पक्षमा पार्टी नेतृत्वको बलियो समर्थन रहेको बताइएको छ । संगठनको महाधिवेशनका लागि एमालेका महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, जनवर्गीय संगठन समन्वय समितिका संयोजक भानुभक्त ढकाल लगायतका नेताहरू खटिएका छन् ।









प्रतिक्रिया दिनुहोस्