रेडियो मिसनकर्मी गौतम सम्मानित



कोहलपुर (बाँके) ।

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न सञ्चार क्षेत्रमा आबद्ध ‘अपरेटर, प्राविधिक तथा पत्रिका वितरकलाई सम्मान गरिएको छ । दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल बाँकेले बिहीबार एक कार्यक्रमकाबीच अपरेटर, प्राविधिक तथा पत्रिका वितरकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा रेडियो मिसन एफएम ९०.६ मेगाहर्जमा कार्यरत प्राविधिक धर्म गौतम, रेडियो प्रतिबोध एफएमकी प्राविधिक मिना रावल र दैनिक नेपालगन्जका पत्रिका वितरक प्रेम केवट रहेका छन् । उनीहरूलाई एक औपचारिक कार्यक्रमका बीच प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीका अनुसार सञ्चारक्षेत्रमा महत्वपूर्ण योगदान गरेका तीनजनालाई सम्मान गरिएको हो । ‘श्रमिक दिवसको अवसरमा तीनजनालाई सम्मान गरिएको छ । उहाँहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।’ अध्यक्ष डाँगीले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार