कोहलपुर : बाँकेको कोहलपुरस्थित बजाजको आधिकारिक डिलर प्राप्ति इन्टरनेशनललाई ‘नेशनल वेष्ट सर्भिस अवार्ड’ जितेको छ । देशभर रहेका डिलरहरुमध्ये उत्कृष्ट कार्य सम्पादन गर्दै प्राप्ति इन्टरनेशनलले ‘वेष्ट सर्भिस अवार्ड’ जितेको हो । आइतबार काठमाडौँको होटल हायातमा आयोजित एक कार्यक्रमका बीच प्राप्ति इन्टरनेशनले उक्त अवार्ड प्राप्त गरेको हो । एक कार्यक्रमकाबीच गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर शेखर गोल्छा र बजाज अटो लिमिटेडका भारतका भ्वाइस प्रिसिडेन्टले प्राप्ति इन्टरनेशनलका प्रोपाईटर पुष्पराज न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका थिए ।
सम्मानपछि बोल्दै न्यौपानेले नेपालभरी रहेका ११० डिलर र २७० शाखाहरुमध्ये प्राप्ति इन्टरनेशनल नेपाल प्रथम हुन सफल भएको बताए । उनका अनुसार सेल्स सर्भिस,गुणस्तरीय सेवा र ग्राहकहरुको सन्तुष्टीलगायतका कुराहरुमा प्राप्ति इन्टरनेशनल देशकै उत्कृष्ट डिलर घोषित भएको हो । गत आर्थिक वर्षमा प्राप्ति इन्टरनेशनलले कोहलपुरबाट मात्रै ५ सय वटा बजाजका बाइक बिक्रि गरेको थियो । ‘यसले कोहलपुरमा वर्षौदेखि सेवा दिदै आएको छ । कोहलपुर क्षेत्रमा सेवा दिन चुनौती छ । सीमा नजिक भएकोले पनि अन्यहरुसँग प्रतिष्पर्धा गर्न गाह्रो छ । ग्राहकहरुलाई लक्षित गरेर एक्सप्रेस सेवा सुरु गरिएको छ ,’ न्यौपाने भन्छन् ।
ग्राहकहरुको माग अनुसार बाँकेमा मात्रै नभएर कर्णालीका पहाडी जिल्लाहरुमा समेत पुगेर सेवा दिने गरेको उनको भनाइ छ । उनका अनुसार प्राप्ति इन्टरनेशनलमा काम गर्ने कर्मचारीहरुको व्यवहार,इमान्दारिता,लगनशिलता र कामप्रतिको उत्तरदायित्वका कारणले एकपटक सेवा लिएको ग्राहक पटकपटक सेवा लिन आउने गरेको न्यौपानेले बताए । सुरुमा आफूहरुले काम सुरु गर्दा बजाजको बजार घट्दो अवस्थामा रहेको र आफूहरुले निरन्तर प्रयास गरेर ग्राहकमैत्री सेवा दिन सफल भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्